चंगाचेट प्रतियोगिता हुदै

२०७३ आश्विन ७ गते, शुक्रबार

काठमाडौं, ७ असोज । भेडेटार होटल एसोसिएसनको आयोजना र सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा बडादसैंको अवसर पारेर धनकुटाको भेडेटारमा चंगाचेट उत्सव हुने भएको छ । चंगाचेट उत्सव असोज २१ र २२ गते हुनेछ । उत्सव अवधिभर सबैभन्दा बढी चंगाचेट गर्ने एक जोडीलाई सिक्किम टुरसहित विभिन्न आर्कषण पुरस्कार र दोस्रो हुने जोडीलाई पोखरा टुर र आर्कषक पुरस्कारको व्यवस्था गरिएको आयोजक होटल एसोसिएसनका सचिव जितेन्द्र रुम्दाली राईले जानकारी दिए ।

प्रतिक्रियाहरु