घुस लिने असई रंगेहात समातिए

२०७६ मंसिर १९ गते, बिहीबार

काठमाडौं,१९ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले भारतबाट ल्याउने तरकारी चेकजाँच नगर्ने भन्दै तरकारी व्यापारीसँग घुस लिने असई रंगेहात समातेको छ ।बिराटनगरको केसेलियामा ११ जनाको सिआरबी टोलीको नेतृत्व गरिरहेका प्रहरी सहायक निरीक्षक (असई) श्यामकुमार दाहाल घुससहित विराटनगरबाट समातिएका हुन् । उनलाई भारतबाट तरकारी ल्याउने व्यापारीसँग ७ हजार घुस लिइरहेको अवस्थामा अख्तियारले रंगेहात समातेको हो ।
भारतबाट आयात भएको तरकारी चेकजाँच नगर्ने भन्दै विराटनगरस्थित गुद्रि बजारमा आउने व्यापारीसँग असई दाहालले दिनेपिच्छे घुस लिने गरेका थिए। उनले माग जति पैसा नदिए तरकारी नियन्त्रण लिएर कारबाही गर्ने धम्की दिन थालेपछि व्यापारीले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा दुखेसो गरेका थिए। सात हजार रुपिया घुस रकमसहित समातिएका असई दाहालका बारेमा थप अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु