घुस्याहा लेखापाल अख्तियारको फन्दामा

२०७४ चैत्र ५ गते, सोमबार

काठमाडौँ, ५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा कल्याणपुर नगरपालिकाका लेखापाल जयराम चौधरीलाई २० हजार घुस रकम पक्राउ गरेको हो । अख्तियारका अनुसार चौधरीले सामान मर्मतलगायत बिल भुक्तानी गरिदिएबापत सेवाग्राहीसँग घुस रकम लिएका हुन् । उनले घुस रकम नदिएसम्म काम नगरेर सेवाग्राहीलाई हैरान पारेका थिए । सेवाग्राहीबाट लिएको घुस रकमसहित अख्तियारले चौधरीलाई डेराबाटै पक्राउ गरेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु