घुस्याहा प्रमुख अख्तियारको फन्दामा

२०७५ श्रावण ३ गते, बिहीबार

काठमाडौँ, ३ साउन । प्रधानमन्त्री आधुनिक कृषि परियोजना कैलालीका प्रमुख रामानन्दन यादव पक्राउ परेका छन् । उनले कैलालीमा संचालित परियोजनाको डकुमेन्ट्री निर्माणमा ५० प्रतिशत घुस मागेका थिए । कैलारी गाउँपालिका–८, स्थित परियोजना कार्यालयबाट २५ हजार रुपैयाँ घुससहित यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरले पक्राउ गरेको हो ।
डकुमेन्ट्री निर्माण बापतको ५० हजार रुपैयाँबाट २५ हजार घुस मागेको सूचनाको आधारमा यादवलाई नगदसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ । थप कारबाहीका लागि यादवलाई काठमाडौं पठाइने आयोगले जनाएको छ ।
यसअघि परियोजना अन्तर्गत किसानलाई सहुलियत दरमा वितरण गरिने कृषि उपकरण खरिदमा पनि यादवले अनियमिमता गरेको आरोप लागेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु