घुस्याहा असई रंगेहात पक्राउ

२०७४ माघ ८ गते, सोमबार

काठमाडौं , ८ माघ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका असई रमेश खड्का घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले असई रमेश खड्का ३ लाख रुपैयाँसहित आज पक्राउ गरेको हो । खड्का प्रहरी परिचालन कक्ष कन्ट्रोल शाखामा कार्यरत् थिए । उनले पेप्सीकोलाको एक सहकारीसँग सम्बन्धित लेनदेनको कागजले लुकाएर पीडितसँग बार्गेनिङ गरेपछि पीडितले उजुरी दिएका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु