घिमिरेको पार्टी सदस्यता खारेज

२०७५ मंसिर २१ गते, शुक्रबार

काठमाडौं , २१ मंसिर । नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्यूराेले पार्टी नीति विपरित काम गर्ने एक कार्यकर्ताको साधारण सदस्यता खारेज गरेको छ । सो ब्युरोका इन्चार्ज अरुणले एक प्रेस विज्ञप्ति जारी गर्दै सिन्धुली जिल्लाको हरिहरपुरगढि ७ का हरिकृष्ण घिमिरेलाई पार्टी नीति विपरीत काम गरेकाले साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट कार्वाही गरिएको बताएका छन् । कार्वाही परेका घिमिरेले आर्थिक अपचलन गरेको र दुश्मनसँग साठगाठ गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा जनाइए अनुसार घिमिरेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु