घाँटी रेटेर हत्या

२०७३ माघ ५ गते, बुधबार

काठमाडौं,५ माघ । मलेसियामा एक नेपाली युवाकाे घाटी रेटेर हत्या गरिएकाे छ । महोत्तरी सिसहैया कतैया गाबिसका राधेश्याम पाण्डेकाे हत्या भएकाे हाे । मलेसिया पेनाङ राज्यस्थित एक कम्पनीमा कार्यरत पाण्डेकाे मंगलरबार राति धारिलाे हतियारले घाटी रेटेर पेनाङकै नागसरी टाक्सी पार्ककाे खुला चौरमा फ्याकिएकाे अवस्थामा भेटिएकाे हाे ।
यसअघि पनि उक्त (chin well fastenars.co.) कम्पनीमा कार्यरत सुख बहादुर राई,अभय सिंहले आत्महत्या गरिसकेका छन् । त्यसैगरी एक बङलादेशी नागरिकले उपचार नपाएर र अन्य तीन जनालाई यसरी नै हत्या भएकाे थियाे । उनीहरुकाे हत्याराहरुलाई कुनै कारवाही भएकाे छैन ।
नेपाली जनप्रगतिशील माेर्चा मलेसियाका प्रचार विभाग प्रमुख जित क्षेत्रिले पाण्डेकाे हत्याकाे घाेर पत्ति जनाउँदै दाेषिलाई कारवाहीकाे माग गरेका छन् । उनले मलेसियामा नेपाली कामदार असुरक्षित भएकाे भन्दै सुरक्षा ग्यारेन्टी गर्न नेपाल र मलेसिया सरकारसँग माग गरेका छन् ।

प्रतिक्रियाहरु