घर बनाउने रोबट !

२०७२ असार १९ गते, शनिबार

काठमाडौँ । एउटा सानो सिमेन्टेड घर बनाउन प¥यो भने पक्कै पनि २–३ महिना त लाग्छ नै । जग बनाउनेदेखि लिएर सिमेन्ट घोल्ने काम समेत मानिसले नै गर्नपर्ने हुन्छ । नयाँ प्रविधीले केही सहज बनाए पनि हाम्रो जस्तो विकासशील देशमा धेरै प्रविधीक शक्ति पर्याप्त छैन । तर, विश्वमा प्राविधिक क्षेत्रमा दिनप्रति दिन नयाँ नयाँ अनुशन्धान र निमार्ण हुने गरेका छन् । हालै मात्र वैज्ञानिकहरुले दुई दिनमा एउटा घर बनाउने रोबट बनाएका छन् । लगभग ६ हजार वर्षदेखि घर बनाउने काम सबैभन्दा झन्झटिलो र धेरै समय लाग्ने काम हुँदै आइरहेको छ, अझै पनि यस्तै ढिलो र झन्झटिलो नै छ । तर अस्ट्रेलियाको एक आविष्कारकले एक रोबट तयार पारेका छन् जसले मानिसको सहयोग बिनानै दुई दिनमा घर बनाउन सफल भएको छ । उक्त रोबटको नाम ‘हेड्रियन’ रहेको छ, र यसले १ घण्टामा १००० वटा इट्टा राखेर पर्खाल बनाउन सक्छ । त्यति मात्रै होइन, यसले दिनको चौबिसै घण्टा अनि वर्षको ३६५ दिन नै काम गर्न सक्दछ र वर्षमा करिब १५० वटा घर बनाउन सक्दछ । ९२ फिट लामो हात भएको यो रोबटको हातको टुप्पामा इट्टा समात्न, उठाउन र कुनै ठाउँमा राख्नको लागि प्रयोग हुने मेसिन जडान गरिएको छ । रोबटमा राखिएको ३डि–स्क्यान सफ्टवेयरले कस्तो घर बनाउने हो, घरले कति ठाउँ ओगट्छ अनि कतिवटा इट्टाको आवश्यकता पर्दछ भनेर पत्ता लगाउँदछ । घरको पर्खाल बनाउँदा इट्टालाई जडान गर्ने सिमेन्ट अथवा टाँस्ने पदार्थ पनि रोबटले नै राख्दछ, जसले गर्दा मानिसको आवश्यकता पनि पर्दैन । घरमा बिजुली वाइरिङ्गको लागि चाहिने खाली ठाउँ पनि यसैले नै बनाइदिन्छ र जहाँ इट्टाहरू काट्न पर्ने हो, त्यहाँ यसैले नै काटिदिन्छ । उक्त रोबट बनाउँदा १० वर्षको समय लागेको र करिब ७ मिलियन डलरको लगानी भएको मार्कले बताएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु