घडी उल्टो दिशामा चलाइने गाउँ !

२०७६ आश्विन २८ गते, मंगलवार

काठमाडौं, २८ असाेज । घडी बायाँबाट दायाँतर्फ चल्दछ । तर विश्वमा यस्तो ठाउँ पनि छ जहाँ घडी उल्टो चल्छ । यो सुन्दा पनि अचम्म लाग्छ सक्छ । हो, भारतको एक आदिवासी गाउँमा घडी उल्टो दिशामा चलाइन्छ । भारतको छत्तिसगढस्थित गोँड आदिवासी समुदायले घडी विपरीत दिशामा चलाउने गर्छ । उनीहरुले प्रयोग गर्ने घडी दायाँबाट बायाँतर्फ चल्ने गरेको छ । जुन समयदेखि घडीको प्रचलन सुरु भयो, त्यहीँ बेलादेखि नै यस समुदायले उल्टो दिशामा चल्ने घडी प्रयोग गर्दै आएका छन् । आदिवासी समुदायका अनुसार उनीहरुको घडी स्वभाविक हो र प्रकृतिको नियमानुसार चल्दछ । आफ्नो समयको प्रकारलाई गोडवाना टाइम भन्ने उनीहरुको घडी पृथ्वीको घुमाइ अनुसार चल्ने भनाई छ । पृथ्वी पनि दायाँबाट बायाँ चल्ने र सूर्य तथा चन्द्रमाले पनि सोही दिशामा अन्तरिक्षको परिक्रमा गर्नुका साथै रुखमा चढ्ने लहरा पनि दायाँबाट बायाँ तिरै अघि बढ्ने भएकाले आफुहरुको घडी पनि सोही अनुसारको रहेको दाबी उनीहरुको छ । प्रकृति पुजक यो आदिवासी समुदाय प्रकृतिको चक्र जुन दिशामा चलिरहेको छ, त्यसविपरीत काम गर्नुहुँदैन भन्ने मान्यता राख्छन् ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु