ग्लोवलद्धारा अनाथ बालबालिकालाई सहयोग

२०७१ श्रावण २३ गते, शुक्रबार


काठमाडौं ।ग्लोबल पब्लिक स्कुलले काँडाघारीस्थित पयुचर होप नेपाल नामक संस्थालाई भौतिक र शैक्षिक साम्रागी उपलब्ध गराएको छ । पयुचर होप नेपालले २४ जना अनाथ बालबालिकालाई पठन पाठनको व्यवस्था गर्दै आएको छ । पेप्सीकोलास्थित टाउन प्लनानिङमा रहेको ग्लोबल स्कुलले अनाथ बालबालिकाका लागि रु २० हजार बराबरको सामाग्री उपलब्ध गराएको हो । शुक्रवार एक कार्यक्रमको आयोजना गरी ग्लोवलले सो सामाग्री हस्तान्तरण गरेको हो । ग्लोबल पब्लिक स्कुलमा अध्ययन गर्ने बालबालिकाले आपनो खाजा खर्च कर्टाई र गेममा सहभागी भएवापत गरी प्रतिव्यक्ति एउटा गेम बराबर रु ५ का दरले सहयोग संकलन गरिएको थियो ।
कार्यक्रमका अतिथि अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लालबहादुर विसी, अखिल क्रान्तिकारीका अध्यक्ष शरद रसाइली र पिन्सीपल मातृका कार्की र अध्यक्ष बिशाल सापकोटाले संयुक्त रुपमा पयुचर होप नेपालकी सञ्चालक रिता शिवाकोटीलाई हस्तान्तरण गरेका थिए । स्कुलका शिक्षक, विद्यार्थी, अभिभावक, स्थानीय पार्टी्रतिनिधि र शिक्षक/विद्यार्थी सम्वद्ध संगठनका नेताहरुको बाग्लो उपस्थिति रहेको सो हस्तान्तरण कार्यक्रममा बोल्ने वक्ताहरुले ग्लोबल पब्लिक स्कुलले पुर्याएको योगदानको खुलेरै प्रसंशा गरेका थिए । स्कुलका अतिरिक्त क्रियाकलाप संयोजक हरिबहादुर चन्दको सञ्चालनमा भएको सो कार्यक्रममा ‘विश्वकप फुटवलमा कसले जित्छ – अनुमान गर्नुहोस् जित्नुहोस’ नामको खेलमा विजेताहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो । सो गेममा स्कुलका शिक्षक बिकास चापागाइँ प्रथम भएका थिए । प्रथमलाई रु ५ हजार नगदसहित सम्मान गरिएको थियो । त्यस्तै क्रमशः दितियालाई रु ४ हजार २ सय, तृतियालाई रु १ हजार २ सय र चौथोलाई ५ सय र पाँचौंलाई ३२० नगदसहित पुरस्कृत गरियो ।
कार्यक्रममा अथितिहरु अखिल क्रान्तिकारीका अध्यक्ष रसाइलीका साथै नेकपा एमाले, नेकपा-माओवादी, नेपाली कांग्रेसका गाविस प्रतिनिधिहरुले सम्बोधन गर्दै यस्तो सराहनीय कामको सबैले अनुशरण गर्नुपर्ने धारणा राखेका थिए । स्कुलका प्रिन्सीपल कार्की, अध्यक्ष सापकोटा, पयुचर होप नेपालकी सञ्चालक रिता शिवाकोटीलगायतले सम्बोधन गरेको सो कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी सञ्चार छापाखाना र प्रकाशन मजदुर संघका संयोजक जन्मदेव जैसी, पत्रकार स्थानीय बुद्धिजिवीलगायतको उपस्थिति थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु