ग्रेटवालमाथि टेक्ताको त्यो अविस्मरणीय क्षण – हस्तबहादुर के.सी.

२०७२ कार्तिक ३० गते, सोमबार

म सानै छदा चिनमा अवस्थित ग्रेटवाल (The Great Wall of China) का बारेमा सुन्ने गरेको थिएँ । कक्षा ८ को भूगोलको किताबमा ग्रेटवाल संसारका सात आश्चर्य मध्ये एक हो भन्ने कुरा पढेको थिएँ । २०३३ सालमा म १० कक्षामा पढ्दै थिए । त्यतिबेला माघ महिनामा S.L.C. को परिक्षा हुने गथ्र्याे । त्यतिबेलासम्म रुकुममा S.L.C. बोर्ड थिएन । रुकुमबाट क्।ी।ऋ। परीक्षा दिनु पथ्र्याे । मंसीरमा S.L.C. को टेष्ट परीक्षा भैसक्थ्यो ।
म रुक्मिणी साधारण माध्यमिक विद्यालय रुकुमकोटमा कक्षा १० मा पढीरहेको थिए । माघमा लिइने S.L.C. परीक्षाका लागि मैले मंसीरमै S.L.C. टेष्ट परीक्षा पास गरिसकेको थिए । निरंकुश राजतन्त्रको त्यतिवेला पञ्चायती व्यवस्था चलिरहेको थियो । प्रत्येक पुस १४ गते तत्कालिन राजा वीरेन्द्रको जन्मोत्सव मनाउने चलन थियो । त्यस अवसरमा शिक्षा मन्त्रालयले प्रत्येक ५ विकास क्षेत्रमा विकासक्षेत्र स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्ने गर्दै थियो । रुकुम सुदूरपश्चिमाञ्चल विकास क्षेत्र अन्र्तगत पर्दथ्यो । त्यतिखेर रुकुममा मुसीकोट, खलंगा, रुकुमकोट, बाफिकोट र चौरजहारी गरि जम्मा ४ वटा मात्र हाईस्कूल थिए । २०३५ साल पुस १४ गते तत्कालिन राजा वीरेन्द्रको जन्मोत्सवको अवसरमा नेपालगञ्जमा आयोजना गरिने भनिएको हाजिरी जवाफ प्रतियोगितामा रुकुमबाट भाग लिन जानका लागि चारवटा मा.वि. का विचमा त्रिभुवन जनता मा.वि मुसीकोट खलंगामा प्रतिस्पर्धात्मक हाजिरी जवाफ प्रतियोगिता भयो । रुक्मिणी साधारण मा.वि. रुकमकोट को टिमले जित्यो । म, लोकजंग शाह, गुरु प्रसाद शर्मा र लाल बहादुर थापा गरि चार जनाको टोली थियो । लोकजंग शाहलाई टोली नेता बनाएका थियौ ।
हाम्रो टिमले विजय प्राप्त गरेर नेपालगञ्जमा जान पाउने भयौँ । सदरमूकाममा रहेको त्रि ज. मा. वि. लाई हराएर नेपालगञ्जमा जान पाउने भएपछि हामी ज्यादै खुसी पनि भएका थियौ । रुकुमबाट नेपालगञ्जका लागी त्यतिबेला पैदलयात्रा गर्नुपथ्र्याे । रुकुमकोटबाट चारै जहारी हुँदै हामीहरु ११ दिनका लागी नेपालगञ्ज पुग्यौ र २०३३ साल पुस १४ गते तत्कालीन राजा वीरेन्द्रको जन्मोत्सवको अवसरमा सुदूरपश्चिमाञ्चल शिक्षा निर्देशनालयले आयोजना गरेको सुदूर पश्चिमाञ्चल स्तरीय अन्तर मा.वि. हाजीरी जवाफ प्रतियोगिता नेपालगञ्जको मंगल मा.वि.मा आयोजना गरिएको थियो । त्यस हाजिरी जवाफ प्रतियोगितामा पनि ग्रेट वाल ९त्जभ न्चभबत ध्बिि या ऋजष्लब० विश्वको सातौ आश्र्चय मध्ये एक हो भन्ने गरि प्रश्न आएको थियो । त्यसमा हाम्रो टोली नेता लोकजंग शाहले सही उत्तर दिएका थिए र त्यसबाट प्राप्त १ नम्बरले हाम्रो टोलीले त्यस हाजिरी जवाफ प्रतियोगितामा तेस्रो स्थान ल्याउन सफल भएको थियो । प्रथम कैलालीको टिम र देस्रो सुर्खेतको टिम आएको थियो । त्यसवेला देखि नै म चिनको ग्रेटवाल (The Great Wall of China) का बारेमा बढि परिचित हुँदै आएको थिए । पछि एटलसहरुमा हेर्दै आएको थिए । नेटको जमाना आएपछि Google मा हेर्न सजलो बनेको थियो र नेपालबाट चिन जानेहरु जो ग्रेटवालमा पुगेका हुन्थे उनिहरुले ग्रेटवालमाथि उभिएर फोटो खिचेको पनि देख्ने गरेको थिए ।

त्यसप्रकारले The Great Wall of China को बारेमा जानकारी लिने गरेको भएतापनि म स्वंय त्यहा पुग्नुपर्दछ भन्ने त्यति कल्पना गर्ने त गरेको थिएन । तर मैले १५ जुलाई २०१५ (३० असार २०७२) का दिन स्थानीय समयानुसार दिनको ठिक ३.३० बजे चिनको ग्रेटवाल (The Great Wall of China) माथि पहिलो पाइला टेक्दाको अवस्था मेरो जीवनको लागि अविस्मरणीय क्षण बन्न पुग्यो । किनकि चीनीया कम्युनिष्ट पार्टीको निमन्त्रणा र तत्कालीन हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी– माओवादीको निर्णय बमोजिम मेरै नेतृत्वमा ५ सदस्यीय चीन अध्ययन भ्रमण टोलीले ७ जुलाई २०१५ देखि १७ जुलाई २०१५ (२२ असार २०७२ देखि १ साउन २०७२) सम्म ११ दिवसीय चीन अध्ययन भ्रमण गर्ने मौका मिलेको थियो ।
हामीले २०७२ साल असार ५ गते नै पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर, काठमाडौँबाट चिनीया कम्युनिष्ट पार्टीले पठाएको समग्र Visiting Agenda प्राप्त गरेका थियौ र त्यस ऐजेण्डा नै त्यहाँको स्थानीय समयानुसार दिनको ठिक ३.३० बजे ग्रेटवालको अवलोकन भ्रमण गर्ने ऐजेण्डामा कार्यक्रम मिलाइएको थियो । हामीत ७ जुलाईका दिन नै चीन प्रवेश गरिसकेका थियौ । ग्रेटवालको अवलोकन भ्रमण समग्र भ्रमणको उनिहरु तीर मात्रै थियो । कार्यक्रमहरु सक्दै अगाडी बढ्दै, जादै गर्दा ग्रेटवालमा पुग्ने दिन र समय कहिले आउला भनेर म ज्यादै आतुर पनि थिए ।
१५ जुलाई २०१५ (३० असार २०७२) का दिन धेरै महत्वपूर्ण राजनीतिक कार्यक्रमहरु थिए । बिहान चिनीया कम्युनिष्ट पार्टी अन्र्तराष्ट्रिय विभाग IDCPC को आयोजनामा “चिनीया विशेषता सहितको समाजवाद” नामक सेमिनारको आयोजना हुने र त्यसको मुख्य अतिथि चिनीया कम्युनिष्ट पार्टी अन्र्तराष्ट्रिय विभाग IDCPC का Assistant Minister (उपमन्त्री) Mr. Dou Enyoung हुनुहुन्थ्यो र उहाँले हाम्रो समग्र टोलीमा नेकपा–माओवादी, नेमकिपा, नेकपा (माले) र नेपाली कांग्रेस का ५÷५ जना गरि २० जनाको टोली थियो । विहान ती दुइवटै कार्यक्रमहरुमा हामी सहभागी भयौ र अन्र्तक्रिया सम्पन्न भयो । कमरेड Dou Enyoung ले ज्यादै अविस्मरणीय दिवा भोजमा टोली सरिक भयो । यो कार्यक्रम समापनकै क्रममा हाम्रो टोलीको समग्र समयको र कार्यक्रममा गाइड विभागका उपनिर्देशक कमरेड Shao Liang ले भन्नुभयो । “वेइजिङ्गमा पुग्ने जो कुनै पनि पाहुनालाई ग्रेटवालमा पु¥याउने हाम्रो चिनीया विशेषता छ र जो बहादुर छ त्यसले मात्र ग्रेटवालको यात्रा पुरा गर्दछ ।” भन्नुभयो र अब तपाइहरु पनि ग्रेटवालतीर जाँदै हुनुहुन्छ ।
वेइजिङ्गस्थित चिनीया कम्युनिष्ट पार्टीको अन्र्तराष्ट्रिय विभागको कार्यालयबाट हामीलाई ग्रेटवालतिर लैजाने तयारी भयो । हामीलाई यात्रा गराउने गाडी प्राङ्गणमा तैनाथ थियो । चिनीया कम्युनिष्ट पार्टीले चिनीया कम्युनिष्ट पार्टी अन्र्तराष्ट्रिय विभागकी कर्मचारी कमरेड Zheng youya को नेतृत्वमा गाडी चालक सहित ४ जना चीनीया कमरेडहरु र हाम्रो २० जनाको नेपाली टोली ग्रेटवालतीरको यात्रा शुरु ग¥यौ । डेढ घण्टाको बसयात्रा पछि हाम्रो टोलीले ग्रेटवालको मूल गेटमा प्रवेश ग¥यौ ।
The Great Wall of China ले चिनको पूर्वदेखि पश्चिमसम्म पूरै कभर गरेको छ र त्यो १३,१७० माइल (२१,१९६ किलोमिटर) रहेको छ । मूलगेटको बीचबाट पूर्व र पश्चिमको २ वटा गेट शुरु हुन्छ । बीचमा एउटा नदी छ तर नदी माथि जमिन बनाएको छ र तल सुरुङ्गबाट नदी वग्ने वनाइएको छ । बसबाट ओर्लिएपछि पूर्वतीरको गेटबाट हामीलाई कमरेड Zhang youya को नेतृत्वमा हामीलाई The Great Wall of China को उकालो भएर यात्रा गर्न भनियो । हामीले त्यस ग्रेटवालको अवलोकन र भ्रमण शुरु ग¥यौ । मेरो जीवनमा जब ग्रेटवालको पूर्वी पर्खालबाट हाम्रो अवलोकन भ्रमण अगाडी बढ्दै गयो, हाम्रो २० जनाको टोली आ–आफ्नै तरिकाले अगाडी बढ्न लाग्यो, तब हामीलाई गाइड गर्दै जानुभएको चिनीया कम्युनिष्ट पार्टी अन्र्तराष्ट्रिय विभागकी कर्मचारी कमरेड Zheg youya जो नेपाली भाषा पनि राम्रो बोल्नुहुन्छ, उहाँले “हामीलाई भन्नुभयो, तपाइहरु तोकिएको समयभित्र ग्रेटवालको अवलोकन गरेर फर्कनुहोला, यदि छुट्नु भयो भने आफै बेइजिङ्ग पुग्नुहोला, यहाबाट ट्याक्सीले ६०० UN लिन्छ” फुटेको ढुङ्गाले बनाइएको र अग्ला–अग्ला सिढी बनाइएको रहेछ । ठाडो उकालो भएकोले छिटो छिटो जान त हस्याङ्ग–फस्याङ्ग हुने खालकै रहेछ । तर पनि प्रत्येक सिडी भएर जान थालियो । चारैतिर हेर्दै, फोटो खिच्दै हिड्नुपर्ने भएकाले हतार हतारमा अगाडी बढ्नुपर्ने भएकोले सबैजना साथसाथै जान भने भ्याइएन । बाटोमा ठूलो संख्यामा चिनीया पर्यटकहरु उकालो चढ्ने र ओर्लने गरिरहेका थिए । मलाई धेरै प्रकारका फोटोहरु खिच्नु थियो, मैले बाटोमा भेटिएका पर्यटकभित्रहरुबाटै सहयोग लिएरै विभिन्न स्थान र फरक फरक ढंगले फोटोहरु खिचाए । हाम्रो टोलीका साथीहरुसँग बीचबीचमा भेट पनि हुने गथ्र्याे ।
एक स्टेप ठाडै उकालो काटेर एउटा गेट भेटियो र फेरी अर्काे स्टेप पार गरेपछि अर्काे गेट बाट छिरेर अर्काे स्टेप पार गर्दै अगाडी बढ्नु पर्ने रहेछ । डाडै–डाडो भएर बनाएको र प्रकृतिको नियममानुसार जताजता डाँडा काडाहरुको बनोट छ ,त्यसैबमोजिम बनाइएको हुनाले हिड्दा खेरी हामीलाई केही अपठ्यारो लाग्नु त स्वाभाविक हो तर, प्राकृतिक सुन्दरताका दृष्टिले अत्यन्तै मनोरम रहेको छ ग्रेट वाल ।
मलाई के चासो बढ्दै गयो भने, जो ग्रेटवालमा ठूला ठूला पर्खाल खडा गरिएको छ, शत्रुलाई रोक्नका लागि बनाइएको हुनाले ग्रेटवालको आफ्नै खालको विशेषता हुनु त स्वाभाविक छ, तर एउटा स्मरणीय र आकर्षक विषय के रहेको छ भने– चाकला चाकला ढुङ्गाहरु कुदेर बनाइएको हुनाले अत्यन्तै आकर्षक पनि देखिन्छ, त्यसले के कुरा दर्साउदछ भने शत्रुलाई रोक्नका लागि विशाल पर्खाल त बनाइएको छ नै, त्यसमा कला पक्षलाई पनि बढि ध्यान दिइएको पाइन्छ । त्यहाँ पर्खाल मात्रै बनाइएको छैन कि प्रत्येक–प्रत्येक स्टेप पार गरि सकेपछि वुर्का जस्तै गरि गेटहरु बनाइएको छ, एक गेटबाट छिरेर बाहिर निस्केर अर्काे गेटतीर अगाडी बढ्नुपर्नेछ । त्यो ज्यादै आकर्षक देखिन्छ । त्यसको बनावट हेर्दा के देखिन्छ भने चिनीयाहरुको विशेषतानै आफ्नै खालको छ भन्ने कुरा प्रष्ट हुन्छ । कलाको क्षेत्रमा चिनीयाहरु पहिलादेखि नै पूर्वतिरको वालभन्दा पश्चिमतीरको वाल बढि अल्को छ । पश्चिमतीरबाट शत्रु वेइजिङ्गतीर प्रवेश गर्न नसकुन भन्ने उद्देश्यले यस प्रकारको गराइएको हुनु पर्दछ । म हाम्रै पार्टीका केन्द्रीय सदस्य देवेन्द्र श्रेष्ठ, नेपाली कांग्रेसका महेश चौधरी र नेकपा (माले) का दीनानाथ घिमिरे सहितका केही साथिहरुसँग अलिमाथि सम्म पुग्यौ । त्यसदिन आकासमा वादल मडाइरहेको थियो र अलिअलि पानी पनि परिरहेको थियो । मानिसहरु हतारमा ग्रेटवालको अवलोकन गरेर फर्किने र उकालो चढ्ने दुवै गरिरहेका थिए । हामीसँग समय छोटो थियो । निर्धारित समयमै फर्कनु पर्ने थियो । अलि हतार हतारमा ग्रेटवालको उकालो चढियो । बीच बीचमा फोटो खिच्ने र वरिपरि हेर्नुपर्ने भएकाले पनि लगातार हिडी रहने कुरा पनि भएन ।
धेरै माथि र परसम्म जान त मन लागिरहेको थियो तर समयको अभावले गर्दा छोटै समयमै फकर्नु पर्ने भयो । फर्कने क्रममा हामीलाई गाइड गरिरहनु भएकी चिनीया कम्युनिष्ट पार्टी अन्र्तराष्ट्रिय विभाग IDCPC को कर्मचारी कमरेड Zheng youya र नेकपा (माले) का पोलिट व्यूरो सदस्य दीनानाथ घिमिरेसँग अन्तिम फोटो खिचियो । यो फोटो नै सवैभन्दा महत्वपूर्ण र अवस्मिरणीय बन्न पुग्यो । त्यसपछि फर्कनका लागि शुरुकै गेटमा फर्कियौ । हामीलाई यात्रा गराइरहेको गाडी तयारी अवस्थामा थियो । सबैजना भेला भयौ र गाडीमा चढ्यौ । गाडीमा चढिसकेपछि कमरेड थ्यगथब ले कोही छुट्नु भयो कि भन्दै सबैजना गणना गर्नुभयो र गाडी स्टार्ट भयो । त्यहाँबाट हामीहरु वेइजिङ्गतीर फर्कियौ । तर मेरो मान्सपटलमा लामो समयसम्म ग्रेटवालको याद आइराख्यो ।
ग्रेट वाल (The Great Wall of China) संसारकै सात आश्चर्य मध्ये एक भएकाले यसको महत्व उल्लेखनीय हुने कुरा त भइहाल्यो नै । त्यो फेरी चीनमा भएकाले यसको महत्व अलग्गै खालको हुने कुरा भयो नै । (The Great Wall of China) राजनीतिसँग पनि जोडिएको छ ।
मेरो निम्ति Great Wall of China को अवलोकन भ्रमण मेरो जीवनको लागि ज्यादै अविस्मरणीय र गौरवपूर्ण बन्न पुग्यो । किनकि हामी नेपालीहरु सामान्य तरिकाले चीनभित्र प्रवेश गर्न नै गाह्रो छ । Visa को समस्या एकातिर कठिन छ भने अर्काेतिर आर्थिक दृष्टिकोणले पनि चिनीया यात्रा ज्यादै महंगो छ । व्यक्तिगत रुपले The Great Wall of China पुग्न कल्पना भन्दा बाहिरको कुरा हो भन्ने लाग्दछ र सबै नेपाली यात्रुहरु ग्रेटवालमा पुग्न पनि सकेका हुदैनन् ।
तर हामीलाई त के मौका मिल्यो भने चिनीया कम्युनिष्ट पार्टीको निमन्त्रण र हाम्रो पार्टीले निर्णय गरेर एउटा राजकीय भ्रमणका रुपमा त्यो पनि हाम्रो पार्टीले त मेरो नेतृत्वमा एउटा पाँच सदस्यीय चिनीया अध्ययन भ्रमण टोली चिन पठायो र चिनको विविध क्षेत्रको अध्ययन गर्ने र विभिन्न ठाउँको अवलोकन भ्रमण गर्ने क्रममा चिनीया कम्युनिष्ट पार्टीको कार्यक्रमिक योजना बमोजिम स्वयं चिनीया कम्युनिष्ट पार्टी अन्र्तराष्ट्रिय विभागले नै The Great Wall of China को अवलोकन भ्रमण गराएको हुनाले यसको गौरव र महत्व त आफ्नो ठाउँमा सबैभन्दा उच्च स्mथानमा रहने कुरा त भयो नै, त्यसमा पनि हामी सर्वहारावर्गको राजनीतिक अग्रदस्ता तत्कालिन नेकपा–माओवादीको तर्फबाट चीनको विविध क्षेत्रको अध्ययन भ्रमण गर्ने क्रममा विश्वकै एक ऐतिहासिक स्थल The Great Wall of China को अवलोकन भ्रमण गर्ने मौका पाउनु जीवनकै लागी अति महत्वपूर्ण र अविस्मरणीय क्षणको रुपमा रहन गयो ।

प्रतिक्रियाहरु