ग्रीसमा दाताको सहयोग अस्वीकार गर्ने पक्षमा मतदान

२०७२ असार २१ गते, सोमबार

काठमाडौँ, २१ असार । ग्रीसको जनमत संग्रहमा ६० प्रतिशतभन्दा बढी मतदाताले दाताको सहयोग अस्वीकार गर्ने पक्षमा मतदान गरेका छन् । हुन्न भन्ने पक्षमा बढी मत खसेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । मतदाताहरुले निर्णायक ढंगले ऋणदाताहरुको शर्तलाई अस्वीकार गरिदिएको जनमत संग्रहले देखाएको छ ।
आन्तरिक मामिलासम्बन्धी मन्त्रालयद्वारा प्रकाशित विवरणअनुसार हुन्न भन्ने पक्षमा ६१ प्रतिशत र हुन्छ को पक्षमा ३९ प्रतिशत मत खसेको बीबीसीले जनाएको छ । प्रधानमन्त्री सीप्रासले अन्तर्राष्ट्रिय शर्तहरु अपमानजनक भएको बताउँदै आउनु भएको छ ।

प्रतिक्रियाहरु