ग्यास लिक हुदा १४ को मृत्यु !

२०७६ फाल्गुन ७ गते, बुधबार

काठमाडौं, ७ फागुन । पाकिस्तानको कराची शहरको कमारी क्षेत्रमा रहस्मय ग्याँस लिक हुदाँ एक दर्जन बढीको मृत्यु भएको छ । तर अहिलेसम्म ग्याँस लिक कहाँबाट भयो भन्ने पत्ता लागेको छैन् । सिन्ध प्रान्तको स्वास्थ्य विभागका अनुसार मर्नेको संख्या १४ पुगेको छ । अधिकारीहरु दुई दिनदेखि ग्याँस कुन हो र कहाँबाट लिक भयो पत्ता लगाउन जुटेका छन् । कैमारी इलाकाका मानिसहरुले सास फेर्न गार्हो, आँखा, घाँटी र नाकमा जलन तथा आँखाबाट आँसु आउने समस्या भएको बताएका छन् । आइतबार रातिबाट मानिसहरुलाई गार्हो भएपछि अस्पताल जान सुरु गरेका थिए ।
सिन्ध प्रान्तका नगरपालिकामन्त्री नासिर हुसैनका अनुसार अहिलेसम्म दुई सय ५० बढी प्रभावितको असपतालमा भर्ना गरिएको छ । जसमध्ये अधिकांशको उपचारपछि घर पठाइएको छ । मन्त्रीले यो घटना किन भइरहेको छ जाँच सुरु भएको बताएका छन् । – एजेन्सी ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु