ग्यास किन्ने हो ? तालिका हेर्नुस

२०७१ माघ १४ गते, बुधबार

काठमाडौं, १४ माघ । सरकारले ग्यास बिक्री वितरण सहज गराउन नसकेको आरोप सार्वजनिक भै रहँदाफेरि नयाँ तरिका ल्याएको छ । ग्यास बिक्री गर्न आयल निगमले अब उपभोक्ताले साविक लिने गरेको डिपोबाटै ग्यास खरिद गर्नुपर्ने निगमले जनाएको । त्यसका लागि हरेक दिन छुट्टाछुट्टै ठाउँबाट ग्यास वितरण गरिने निगमले जनाएको छ । यो व्यवस्था काठमाडौं उपत्यकाको लागि मात्रै हो ।
आयल निगमले बिहीबारदेखि काठमाडौं उपत्यकाका बिभिन्न ठाउँबाट ग्यास बिक्री गर्ने तालिका बनाएको छ । तालिका यस्तो छ:
बिहिबार, माघ १५ गते: नयाँ वानेश्वर, कोटेश्वर, बत्तिसपुतली, शंखमूल, माइतीघर, बुद्धनगर, बबरमहलक्षेत्र
शनिबार, माघ १७ गते: पुरानो वानेश्वर , सिनामंगल , गौशाला, चावहिल, बौद्ध, चुच्चेपाटी, कपन, साँखु, सुन्दरीजल र नयाँबस्ती क्षेत्र
सोमबार, माघ १९ गते:महाराजगञ्ज , बुढानिलकण्ठ, गोंगबु, लाजिम्पाट, दरबारमार्ग, बालुवाटार, विशालनगर, भाटभटेनी र धुम्बाराही क्षेत्र
बुधबार, माघ २१ गते: न्यूरोड, असन, लगन, पुतलीसडक, कालिकास्थान, त्रिपुरेश्वर, डिल्लीबजार, ज्ञानेश्वर र मैतीदेवी
शुक्रबार, माघ २३ गते:कलंकी, थानकोट, बल्खु, किर्तिपुर, सुतंगल, कालिमाटी, बाफल, सितापाईला र स्वयम्भू क्षेत्र
आईतबार, माघ २५ गते: लतिलपुर क्षेत्र
मंगलबार, माघ २७ गते: भक्तपुर क्षेत्र
निगमले माथिको तालिका अनुसार ग्यास नपाए अरु दिनमा साविक बमोजिम ग्यास बिक्री गर्ने दाबी समेत गरेको छ ।
यस्तै बिक्रेताले पनि ग्राहकको नाम र फोन नम्बर लिएर मात्र ग्यास वितरण गर्नुपर्नेछ भने एक परिवारले एउटा मात्र सिलिण्डर लिन पाउने निगमले जनाएको छ । त्यसको निगमले उपभोक्तालाई प्रति सिलिन्डर १४ सय ७० रुपैयाँ भन्दा बढी नतिर्न पनि आग्रह गरेको छ । तोकिएको रकम भन्दा बढी लिईएको पाईए कालोबजारी ऐन अन्तर्गत व्यापारीलाई कारबाही हुने पनि निगमले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार