गौरापर्व भदौ १७ बाट

२०७१ भाद्र ११ गते, बुधबार


काठमाडौ, ११ भदौ । डडेल्धुरामा सुदूरपश्चिमकै एकताको प्रतिक मानिने सांँस्कृतिक र लोकप्रिय चाड गौरापर्वको चहल–पहल सुरु भएको छ । गौरापर्व भदौ १७ गतेबाट शुरु हुंदैछ ।नारीहरुको महत्वपूर्ण चाड गौरापर्वमा भगवान शिबलाई महेश्वर र पार्वतीलाई गौराको रुपमा पूजा गरी भाद्र शुक्ल पञ्चमीदेखि एक हप्तासम्म भव्यतापूर्वक मनाईन्छ । अहिले महिलाहरु गौरापूजन सामग्री किन्न व्यस्त भएका छन ।
बैदिककालमा हैहयबंशीका शुरबीरहरुको अत्याचारबाट भृगुबंशीका ब्राह्मणीहरुको अस्तित्व सुरक्षा गर्न देवी उमागौरीको आरधनाको प्रभाबले संकट पार गरेको भन्ने जनश्रुति अनुसार यो पर्व मनाइन्छ ।
यस पर्वमा गरिने व्रतबाट सु–स्वास्थ्य एवं सौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने नारीहरुमा अटल विश्वास रहेको पाईन्छ भने गौरा पर्वमा वर्षभरिमा गरिने कार्य व्यस्तताबाट थकाई मार्ने अवसर र आफन्तजनको भेटघाटको पर्वको रुपमा पनि मनाईन्छ ।

प्रतिक्रियाहरु