गौराती मेला सुरु

२०७२ मंसिर ९ गते, बुधबार

काठमाडौ, ९ मंसिर । सिन्धुपाल्चोकको सबैभन्दा ठूलो मानिँदै आएको गौराती भीमेश्वर मेला सुरु भएको छ । चौतारा नगरपालिका–२ गौराती डाँडामा अवस्थित गौराती भीमेश्वरको मन्दिरमा आज साँझदेखि रातभर भव्य मेला लाग्ने भएपनि आज बिहानैबाट दर्शनार्थीको भिड लागेको छ । तीन महिनादेखि तराईमा आन्दोलन चलिरहे पनि व्यापार गर्न आउने तराईवासी गत वर्षको तुलनामा यस वर्ष उल्लेख्य रहेको स्थानीयवासीको भनाइ छ । पुत्रप्राप्ति र मनले चिताएको पूरा हुने विश्वासमा कतिपयले बेलुकादेखि दियोमा बत्तीका साथै महादीप बालेर रातभर जाग्राम बस्ने गर्छन् । व्रतालु भक्तजनको सङ्ख्या पनि उल्लेख्य रुपमा वृद्धि हुँदै आएको मन्दिरका पुजारी बलबहादुर श्रेष्ठ बताउछन ।

प्रतिक्रियाहरु