गौतमबुद्ध विमानस्थलको निर्माणकार्य अबरुद्ध

२०७३ चैत्र १२ गते, शनिबार

काठमाडौं, १२ चैत । बिगत ८ दिनदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको निर्माणकार्य रोकिएको छ । ०२३ सालदेखि नियमित उडान भर्दै आएको विमानस्थलमा सन् २०१८ मा अन्तर्राष्ट्रिय उडान र अवतरण हुनेगरी २०७१ साल माघ १ गतेका दिन तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले आयोजनाको शिलान्यास गरेका थिए । तर, पछिल्लो एक हप्तायता निर्माणको जिम्मा लिएको मुख्य ठेकेदार चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल कन्स्ट्रक्सन ग्रुप लिमिटेड चाइना र सब–कन्ट्रयाक्टर नर्थवेस्ट नेपाल इन्फा प्रालिबीच लेनदेन विवाद भएपछि काम रोकिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु