गोही प्रजनन केन्द्रमा पर्यटकको ओईरो

२०७६ भाद्र ७ गते, शनिबार

काठमाडौं, ७ भदौ । चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेको गोही प्रजनन् केन्द्र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । प्रजनन केन्द्रमा गत आर्थिक बर्ष २०७५/०७६ लाई निहालेर हेर्दा ७३ हजार ५ सय ६१ जना पर्यटकले अबलोकन गरेको देखिन्छ् । चितवन राष्ट्रिय निकुञ्ज चितवनका सहायक संरक्षण अधिकृत बेद बहादुर खड्काका अनुसार प्रजनन केन्द्रमा ४४ हजार ५ सय ४४ नेपाली पर्यटकहरुले अबलोकन गर्दा २९ हजार १७ जना बिदेशि पर्यटकले अबलोकन गरेका छन् ।
सङ्कटापन्न अवस्थामा रहेको गोहीको संरक्षण गर्नका लागि निकुञ्जमा प्रजनन केन्द्र निर्माण गरिएपछि अहिले गोहीको सङ्ख्या समेत बढ्न थालेको छ । निकुञ्ज भित्र विश्वकै लोपउन्मुख घडियाल गोहीको संरक्षणका लागि स्थापना गरिएको प्रजनन केन्द्रमा अधिकांश पर्यटकको आँखा जाने गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा घडियाल र मगर गरी दुई प्रजातिका गोही छन् । घडियाल गोही विश्वकै दुर्लभ जीवजन्तुको सूचीमा छ ।
गोही प्रजनन केन्द्र विद्यार्थीहरुको लागि अध्ययनको केन्द्र पनि बन्दै गएको छ । प्रजनन केन्द्रले हाल सम्म चौध सय पैसठ्ठि गोहीलाई बिभिन्न नदिमा छाडिसेको छ । निकुञ्ज भित्र रहेको गोही प्रजनन केन्द्रले पछिल्लो बर्षहरुमा चितवनका नदिमा मात्र गोही छाड्ने गरेको छ । पहिले चितवन बाहिरका नदि कर्णाली, बबई,कोषी, कालिगण्डकी लगायतका नदिमा छाडिने गरिनथ्यो । हाल चितवन भने नारायणी र राप्तीमा मात्रै छाडिने गरिएको छ । सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार