गोसाइँकुण्ड जाने तीर्थयात्रीको चाप बढ्दै

२०७६ श्रावण २५ गते, शनिबार

काठमाडाैं , २५ साउन । नागपञ्चमीदेखि मेला शुरु भएसँगै गोसाइँकुण्डमा स्नान गर्न जाने तीर्थयात्रीको चाप बढ्दै गएको छ । जनै पूर्णिमाको अवसरमा रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्डमा मेलालाग्ने गर्दछ । अहिले दैनिक दुई सयभन्दा बढी तीर्थयात्री पुग्ने गरेको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ । मेलामा आउने तीर्थयात्रीहरुको चापलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था चुस्त राख्न जिल्ला प्रशासन कार्यालय रसुवाले सबै सुरक्षा निकायसँग समन्वय गरि प्रमुख जिल्ला अधिकारीको टोली गोसाइँकुण्ड प्रस्थान गरेको छ । मेलामा आउने तीर्थयात्री नठगिउन भनेर मेला व्यवस्थापन समितिले खाना, बास तथा घोडाचडीको दर रेट कायम गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार