गोलमेचको बिकल्प छैन : माओवादी

२०७१ श्रावण ६ गते, मंगलवार


काठमाडौं । नेकपा-माओवादीले संविधान निर्माणपूर्व गोलमेच सम्ममेलन नभए तथा आफ्नो सहमतिविना संविधान जारी भए त्यसलाई नमान्ने निर्णय गरेको छ । संविधान निर्माणपूर्व गोलमेच सम्ममेलन गर्न दबावका लागि माओवादीले आगामी माघसम्म ७ महिना आन्दोलन गर्ने भएको छ ।गत सातादेखि राजधानीमा जारी माओवादीको केन्द्रीय समितिको सोमबार सम्पन्न बैठकले आफ्नो सहमतिविना जारी हुने संविधानलाई अस्वीकार गर्ने निर्णय गरेको हो । ‘सहमतिविनै संविधान आए नमान्ने निर्णय भएको छ,’ बैठक पछि माओवादीका एक केन्द्रीय सदस्यले भने ‘यो निकै गम्भीर कुरा हो, हामीलेजस्तै जनजाति, मधेसी र नागार्जुनलेसमेत संविधान नमान्ने हो भने के हुन्छ ? त्यो लागू हुन सक्दैन ।’सोमबार सम्पन्न माओवादी बैठकले साउन र भदौ दुईमहिना आन्तरिम तयारी गर्ने, त्यसपछि प्रचारात्मक कार्यक्रम गर्ने र दशैं-तिहारपछि प्रतिरोधात्मक आन्दोलन गर्ने निर्णय गरेको माओवादी नेताले जानकारी दिए ।
यसैवीच बैठकले मोहन वैद्य र नेत्रविक्रम चन्दवीचको दुईलाइन संघर्षलाई एक वर्षभित्र विशेष महाधिवेशन गरेर टुंगो लगाउने निर्णय गरेको छ । केन्द्रीय समितिको बैठकमा विप्लव र बैद्य दुबैले दस्तावेज पेश गरेपछि त्यसलाई हल गर्न महाधिवशेनमा जाने निर्णय भएको हो ।तर, पार्टीभित्रको लाइन संघर्षका कारण एकीकृत माओवादीसँग पार्टी एकता गर्ने कि नगर्ने भन्ने विषय पनि महाधिवशेनसम्म पछि सरेको स्रोतले बतायो । यद्यपि एमाओवादीलगायतका पाँच दलसँगको सहकार्य भने जारी राखिने भएको छ ।
यसैगरी ,माओवादीसमर्थित जनवर्गीय संगठनको आयोजनामा सोमबार अपरान्ह रत्नपार्कस्थित शान्ति बाटिकामा उर्जासम्बन्धी भारतीय प्रस्तावको विरोधमा कोणसभा र विरोध प्रदर्शनको आयोजना गरिएको छ । पानी परेकाले मानिसहरुको उल्लेख्य उपस्थिति हुन नसके पनि कार्यक्रममा माओवादी सचिव देव गुरुङलगायतले बोलेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु