गोरखाका बन्दी महिलाहरुलाई रेडियोद्वारा दर

२०७१ भाद्र ६ गते, शुक्रबार

काठमाडौ, ६ भदौ । ए ग्रेट मिडिया प्रालिद्वारा सञ्चालित रेडियो मातृभूमी ९८.२ मेगाहर्जले तीज पर्वको अवसर पारेर गोरखा कारगारमा रहेका महिला बन्दीहरुलाई दर खुवाएको छ ।गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सञ्चार जगतको काम सामाजिक काम गर्नु रहेको बताउँदै उनले गोरखामा रेडियो मातृभूमीको भूमिका महत्वपूर्ण रहेको बताए ।
महिला बन्दीहरुलाई आफ्ना दिदीवहिनी सम्झेर दरखुवाउने कार्यक्रम राखेकामा उहाँले धन्यवाद दिए । कार्यक्रममा नेकपा एमालेका नेता सानुमाया बस्नेत, एकीकृत नेकपा माओवादीका भगवती तिवारी, महिला तथा बालबालिका कार्यालय गोरखाका अम्बिका घिमिरे, प्रहरी नायव उपरीक्षक रमेश थापा लगायतले मन्तव्य राखेका थिए ।
रेडियो सञ्चालक समितिका अध्यक्ष कृष्ण रानामगरको अध्यक्षतामा कारागार शाखामा भएको कार्यक्रमको सञ्चालन समितिका सदस्य सावित्री थापा मगरले गरेका थिए ।गोरखा कारगारामा १७ जना महिला बन्दीहरु रहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार