गोप्य सूचना चुहाउने सेनाको जेल सजाय घटाइयो

२०७३ माघ ५ गते, बुधबार

काठमाडौं, ५ माघ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले गोप्य सूचना चुहाउने अमेरिकी सेना चेल्सी मेनिङको जेल सजाय घटाएका छन् । ३५ बर्षीया मेनिङलाई लाखौं गोप्य दस्तावेज लीक गरेको अभियोगमा ३५ वर्षको जेल सजाय दिइएको थियो । उनले सन् २०१३ मा विकिलिक्सलाई लाखौं संवेदनशील सैन्य दस्तावेज उपलब्ध गराएको अभियोग प्रमाणित भएको थियो ।
अमेरिकी इतिहासमै यति ठूलो परिमाणमा दस्तावेज लीक भएको यो पहिलो पटक थियो । सन् २०४५ मा रिहा हुनु पर्ने मेनिङ सजाय अवधि घटेपछि आगामी मे मा रिहा हुने ह्वाइट हाउसले जनाएको छ । ट्रान्सजेण्डेर मेनिङ इराकमा तैनाथ थिए र पहिला बै्रडलीको नाममा चिनिन्थे । उनले जेल मै धेरै पटक रिहाईको माग गर्दै भोक हड्ताल र आत्महत्याको प्रयाससमेत गरेका थिए । ओबामा प्रशासनलााई उनलाई रिहा गर्न निकै दबाब थियो । आफ्को कार्यकालको अन्तिम दिनहरुमा रहेका राष्ट्रपति ओबामाले आफ्नो कार्यकालमा १३ सय ८५ जनाको सजाय कम गरेका छन भने २ सय १२ जनाको सजाय माफ गरेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु