गोदावरी फूल मेला असोज ३१ गतेदेखि

२०७१ आश्विन २५ गते, शनिबार


काठमाडौ । यस वर्षको गोदावरी फूल मेला यही असोज ३१ गतेदेखि जावलाखेलको फुटबल मैदानमा हुने भएको छ । हरेक वर्ष नेपालीहरूको दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरेर आयोजना गरिने उक्त मेलामा विशेषगरी तिहारमा प्रयोग हुने फूलहरू प्रदर्शनीमा राखिने फ्लोरीकल्चर एसोसिएसनका अध्यक्ष लोकनाथ गैरेले बताए । उनका अनुसार ३१ गतेबाट सुरु हुने सो प्रदर्शनी कात्तिक ३ गतेसम्म सञ्चालनमा रहने छ । विगतका वर्षहरूमा तीन दिनसम्म मात्र प्रदर्शनी सञ्चालन गरिँदै आएको भए पनि यस वर्ष व्यवसायीले समय बढाउन माग गरेकाले एक दिन बढाइएको हो ।
तिहारका लागि विशेष रुपमा प्रगोग हुने गोदावरी, मखमली, सयपत्रीलगायतको फूलको व्यापर बढी हुने भएकाले यी फूलहरू बढी मात्रामा प्रदर्शनीमा राखिने छ ।
नेपालमा उत्पादन हुने फूलले ८० प्रतिशत माग धान्ने गरेको भए पनि बाँकी २० प्रतिशत भारतबाट ल्याउने गरेको बताइएको छ । हरेक वर्ष नेपालमा करिब रु एक अर्ब १५ करोड बराबरको फूलको कारोबार हुने गरेको छ । यस वर्ष ३० वटा स्टल राखिने भएको छ गत वर्ष २४ वटामात्र स्टल राखिएको थियो । प्रदर्शनीमा काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा रहेका नर्सरी र केही काभ्रेपलाञ्चोक, धादिङ र नुवाकोट जिल्लाका नर्सनीबाट पनि फूल ल्याइने गैरेले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु