गोदावरी क्षेत्र हैजाको जोखिममा

२०७३ श्रावण १२ गते, बुधबार

काठमाडौँ, १२ साउन । ललितपुर जिल्लाको गोदावरी क्षेत्र हैजाको जोखिमपूर्ण क्षेत्र भएको विज्ञहरुले बताएका छन् । बर्षाको कारण गोदावरी क्षेत्रमा रहेका अधिकांश पानीका मुहान दुषित भएको कारण पानीमा हैजाको जिवाणु फेला परेको बताइएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग, टेकु अस्पतालका डा. शंकर बहादुर श्रेष्ठका अनुसार उपत्यकाको ललितपुर जिल्लाको गोदावरी क्षेत्र हैजाको जोखिमपूर्ण क्षेत्र भएको छ । सरकारले दिने स्वास्थ्य सेवाभन्दा पनि आफु यस्ता सरुवा रोगबाट बच्न आफै सचेत हुनु जरुरी रहेको उनको धारणा छ ।
एकदिनमा तीन वा त्यो भन्दा बढी पटक चौलानी जस्तो पातलो दिसा हुनुलाई झाडापखाला भनिन्छ । रोगीको पखालामा ब्याक्टेरियम भिब्रियोकोलेरी नामको जीवाणु देखियो भने त्यसलाई हैजा मानिन्छ, विशेषगरी हामीले सफा ठानेर पिउने किनेको पानीमा पनि हैजाका जिवाणु भेटिने गरेका छन । खानेपानी र ढलको पाइप एकै ठाउँमा हुँदा ढलको पाइप फुटेर खानेपानीमा मिसिँंदा पनि हैजा फैलने गरेको छ । गतवर्ष टेकु अस्पतालमा ७७ जना बिरामीमा हैजा देखिएको अस्पतालका डाक्टर शेरबहादुर पुनले जानकारी दिए । उनका अनुसार यस वर्ष पनि बर्षातको शुरुवातसँंगै हैजाका विरामी अस्पताल आउने क्रम सुरु भएको छ । केहि दिन अघि ललितपुर र काठमाडौँ जिल्लाबाट तीन जना हैजाका विरामीले अस्पताल आएर उपचार गराएको अस्पतालसँग रेकर्ड छ । उहाँले भन्नुभयो गोदावरी क्षेत्रको पानीमा हैजाको जिवाणु फेला परेका कारण तत्काल रोकथामका लागि ताजा खानेकुरा खाने, जथाभाबी दिशापिसाब नगर्ने, सरसफाइमा विशेष ध्यान दिने , साबुनपानीले राम्रोसँंग हात धुने, पानी उमालेर मात्र पिउनका लागि सुझाव दिनु भयो । गोदवरी क्षेत्रमा रहेको रेडियो पर्यावरण १०४ थोप्लो २ मेगाहर्जले सचेतनाका लागि अनुरोध गरेको अध्यक्ष डा. अष्टमान किसी महर्जनले बताए । – दीपक प्रसाद घिमिरे

प्रतिक्रियाहरु