गैडा मृत अवस्थामा भेटियो

२०७७ बैशाख ४ गते, बिहीबार

काठमाडाैं, ४ वैशाख । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सुखीभार क्षेत्रको कोर इलाका चिसापानी भन्ने स्थानमा जमेको पानी भित्र गैंडा मृत भेटिएको छ । उक्त भाले गैडाको खाग र खुर भने सुरक्षित रहेको छ । गैडा मृत भेटिएको क्षेत्र गैडाको पकेट क्षेत्रजस्तै हो । धेरैजसो निकुञ्जको गैडा सुखीभार क्षेत्रमै छन् । चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा हाल २४ गैंडाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार