गैंडा संरक्षण गर्न युवा अभियान

२०७१ कार्तिक २५ गते, मंगलवार


काठमाडौँ । चितवनको मध्यवर्ती क्षेत्र अन्र्तगत टिकौलीका युवाहरु दुर्लभ एक सिंगे गैंडा संरक्षणका लागि सक्रिय भएका छन ।बस्ती नजिकैका सामुदायिक वनहरुमा शिकारी प्रवेश गरेर गैंडा मार्न नदिन युवाहरु सक्रिय भएका हुन । गैंडा संरक्षणका लागि युवाहरुले सामुदायिक वनमा दैनिक गस्ती र वन नजिकैका बस्तीहरुमा शिकारी प्रवेश गरे नगरेको निगरानी गर्ने गरेको छन् ।
त्यसका लागि युवाहरुले टिकौली मध्यवर्ती सामुदायिक वन अन्र्तगत वन्यजन्तु चोरी शिकार नियन्त्रण युवा जागरण अभियान समेत गठन गरेका छन । अभियानको कार्य समितिमा ९ जना छन् भने साधरण सदस्यमा २५ जना युवाहरु रहेका छन । विगतमा वन नजिकैका बस्तीमा बसोवास गर्ने विपन्न मानिसहरुको प्रयोग गरी शिकारीले गैैंडा मार्ने गरेको पाईएकाले युवाहरुले आप्mना कार्यक्रमहरुलाई बस्ती केन्द्रीत गरेका छन ।
बस्तीहरुमा पुगेर युवाहरुले नयाँ मान्छे गाउँमा आए खवर गर्न र गैंडा मार्ने काममा प्रयोग नहुन आग्रह समेत गर्ने गरेको अभियानका अध्यक्ष सुरज कोइरालाले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार