गृहमन्त्रीको पुत्ला जलाइने

२०७१ चैत्र १२ गते, बिहीबार

काठमाडौं, चैत १२ । अखिल क्रान्तिकारीले बुधबार बिहान गृहमन्त्रीको गाडी तोडफोडका क्रममा प्रहरीसँग झडप हुँदा गिरफ्ता भएको कार्यकर्ताहरुको रिहाईको माग गर्दै गृहमन्त्रीको पुत्ला जलाउने कार्यक्रमसहित प्रदर्शन गर्ने भएको छ ।
क्रान्तिकारीले आज पोखराको पृथ्वी नारायण क्याम्पस अगाडि गृहमन्त्री वामदेव गौतमको पुतला जलाउने कार्यक्रमको घोषणा गरेको हो ।
क्रान्तिकारीले विज्ञप्ती जारी गर्दै तीस दलीय मोर्चाको घोषित कार्यक्रम अन्तर्गत पोखरामा अर्थमन्त्री रामशरण महतलाई कालो झण्डा देखाउने क्रममा संगठनका केन्द्रीय सदस्य दिनेश पौडेल, के.सी., नेत्र चापागाई, पृथ्वीनारायण क्याम्पसका अध्यक्ष किरण सापकोटा, विशाल गुरुङ, लक्ष्मी सापकोटा लगायतका अन्य नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेकोकोमा भत्र्सना गर्दै गिरफ्तार विद्यार्थीको रिहाइको माग गरेको छ ।
पृथ्वीनारायण क्याम्पसमा गरेको प्रदर्शनमा प्रहरीले चर्को दमन गरेको आरोप लगाउँदै विज्ञप्तीमा शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने सामान्य लोकतान्त्रीक अधिकारको धज्जी उडाउँदै सरकारले गरेको यो दमनको भत्र्सना गरिएको उल्लेख छ । केन्द्रीय अध्यक्ष रमेश मल्लद्वारा जारी विज्ञप्तीमा भनिएको छ– हिजो अस्ती मात्रै सरकारका गृहमन्त्रीले आन्दोलनमा आउने विद्यार्थीलाई तह लगाउने ध्वाँस देखाउनु र आज पोखरामा विद्यार्थीमाथि निकृष्ट दमनमा उत्रनुले सरकारको निरंकुश र फाँसीवादी रवैयाको पर्दाफास भएको छ । विद्यार्थीको लोकतान्त्रीक आवाजमाथि बज्रीएको प्रतिक्रियावादी बुटको चौतर्फी प्रतिवादको लागि सम्पुर्ण न्यायप्रेमी जनसमुदाय तथा विद्यार्थीहरुमा हार्दीक अपील गर्दछौं ।’
क्रान्तिकारीका विद्यार्थीमाथि भएको दमनका विरुद्ध देशका अन्य भागमा समेत प्रदर्शन गरिने समेत रमेश मल्लले जानकारी दिए ।

प्रतिक्रियाहरु