गूगलको कारण जिमेल र यूट्युब ढिलो खुल्ने गरेको खुलासा

२०७४ भाद्र १६ गते, शुक्रबार

काठमाडौँ, १६ भदौ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानको विगत केही हप्तादेखि नेपालमा गुगलको यूट्युब, जिमेल लगायतका एप्लिकेसन्सहरु ढिलो खुल्ने गरेको बारेमा धेरैको संख्यामा प्रयोगकर्ताहरुबाट गुनासाहरुप्रति गम्भीर ध्यानकार्षण भएको बताएको छ ।
गुगलले विगत ४ बर्षदेखि जिमेल र यूट्युबको क्षमता सुधारका लागि नेपालको स्थानीय इनटरनेट सेवा प्रदायक कम्पनीहरुमा आफ्ना सरभर राखिरहेको संघले जानकारी दिएको छ ।
हाल गुगलले गरेको निर्णयअनुसार नेपालको आईएसपी कम्पनीहरुसँग अलग भएर गुगलले नेपालमा आफ्नै नयाँ सरभर राख्ने तयारी गरेको छ । गूगलको यो निर्णयको कारणले विगत ४ वर्षदेखि नेपाली कम्पनीहरुमा राखिएको सरभरलाई विगत केही महिनादेखि गुगलले स्तरउन्नोति गरेको छैन ।
गुगलकै कारण बढी प्रयोग हुने समय (बेलुका) मा सरभरहरुको क्षमता अपुग भईरहेको छ । इनटरनेट सेवा प्रदायक कम्पनीहरुले गुगललाई बारम्बार गरेको अनुरोधका बाबजुद पनि स्तरउन्नोति हुन सकेको छैन भने अर्काे तर्फ गुगलले आफनो सरभर राख्न पनि ढिलाई गरिरहेको छ ।
जबसम्म गुगलले आफनो सरभरको स्तरउन्नोति गर्दैन तबसम्म नेपालका इन्टरनेट प्रयोगकर्ताहरुले गुगलका एप्लिकेसन्स जिमेल, यूट्युब आदि ढिलो खुल्ने संघले जनाकारी दिएको छ ।
प्रयोगकर्ताहरुले भोग्नु परेको असुविधाप्रति क्षमा माग्दै संघले तत्काल तत्काल समस्या समाधन गर्न आग्रह गरेको छ ।

प्रतिक्रियाहरु