गुल्मीपनि विप्लबमय

२०७१ पुष १ गते, मंगलवार

काठमाडौ । गुल्मी जिल्लाका अधिकांश मोहन बैद्य पक्षका नेता नेत्र बिक्रम चन्द(विब्लब)नेतृत्वको नेकपा माओवादी पक्षतिर लागेका छन । हालै पुनगठन भएको नेकपा माओबादी जिल्ला कमिटी गुल्मी ३५ सदस्यीय रहेको छ । दशबर्षे जनयुद्घमा धेरै मानिसहरुको बलिदान भएको,धेरै मानिसहरु बेपत्ता र अंगभंग भएकाहरुका लागि पार्टिले सकारात्मक पहल नगरेकोे भन्दै नयाँ बाटो रोजेको बिब्लव पक्षधरको माओबादीमा लागेकाको भनाइ रहेको छ ।माओबादी केद्रीय सदस्य सन्तोष बुढाको प्रमुख आतिथ्यमा भएको उक्त भेलाले बिष्णु पन्तलाइ सेक्रेटरी तोक्दै ३५ सदस्यीय जिल्ला कमिटि गठन गरेको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु