गुराँसको राजधानीेमा पर्यटन सूचना केन्द्र

२०७४ माघ ४ गते, बिहीबार

काठमाडौं , ४ माघ । गुराँसको राजधानीेको रुपमा परिचित पूर्वी पहाडको प्रमुख पर्यटकीय गन्तव्य तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रका सबै सूचना अब एकै ठाउँबाट पाइने भएको छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमको रुपमा रहेको यो क्षेत्रमा आउने आन्तरिक र वाह्य पर्यटकलाई सूचना प्राप्त गर्न सहज हुने गरीे गुफाबजारमा स्थानीय युवाले पर्यटन सूचना केन्द्र स्थापना गरेका छन् । सरकारीस्तरबाटै पर्यटन सूचना केन्द्र संचालन हुनुपर्ने भएपनि अहिलेसम्म नभएपछि स्थानीय युवाले नै टिएमजे पर्यटन प्रवद्र्धन केन्द्रको रुपमा संगठित भएर पर्यटन सूचना केन्द्र सञ्चालनमा ल्याएका हुन् । एउटै बनमा २८ प्रजातिका गुराँस पाइने टिएमजे क्षेत्रका पर्यटन उद्योग तथा व्यवसायको प्रवद्र्धन साथै सो क्षेत्रका अत्यावश्यक सूचना सम्प्रेषणका लागि सूचना केन्द्र स्थापना गरिएको सदस्य योगेश भट्टराईले बताए । यो क्षेत्रमा गुराँस फुल्दा पर्यटकको भीड लाग्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार