प्रहरीसँगको मुठभेडमा मारिए कुमार ‘घैंटे’ (भिडियो सहित )

२०७२ भाद्र ३ गते, बिहीबार

काठमाडौँ, ३ भदौ। काठमाडौँमा लामो समयदेखी गुण्डागर्दी गर्दै अकुत सम्पति आर्जन गर्दै आएका गुण्डा नाइके कुमार घैंटेकाे प्रहरीकाे गोली लागेर मृत्यु भएकाे छ । राजधानीको सामाखुसीमा प्रहरी र घैंटेबीच गोली हानाहान भएकाे थियाे । पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि घैंटेले गोली चलाएपछि गरिएको प्रतिकारमा घाइते भएका घैंटेको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी अपराध महाशाखाले बताएकाे छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसी सर्वेन्द्र खनालले बताए अनुसार पहिला घैंटेले प्रहरीमाथि एक राउन्ड गोली प्रहार गरेपछि प्रहरीले चलाएकाे गोली लागि घैंटै घाइते भएका थिए । उनलाई उपचारकाे लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएकाे थियाे । उपचारकै क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ । अवैध चन्दा असुली र गुन्डा गर्दीको आरोप लागेका घैंटेलाई प्रहरीले मोस्ट वान्टेट सूचीमा राखेको थियो। प्रहरीले खोजी गरिरहेको घैंटेलाई कपुरधारामा भेटेकाे थियाे ।
यसैबीच , गृहमन्त्रीको ठाडो आदेशमा इन्काउन्टर गरेर कुमार घैंटे मारिएको जगदिशनरसिंह केसीले आरोप लगाएका छन् । उनले यो कानुनी राज्यको उपहास भएको पत्रकारहरु विच बताए । इन्काउन्टर र हत्या एकै प्रकृतिको कसुर भएकाले हत्यारालाई जे सजाय हुन्छ त्यहि सजाय हुनुपर्ने उनले माग गरेका छन् । अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा घैंटे समर्थकहरुको बाकलो उपस्थिति रहेको छ ।
भिडियो हेर्न यो लिंकमा जानुहोस –Kumar Death in Incounter

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु