गुन्डानाइके ‘रिगल’लाई सर्वश्वसहित जन्मकैदको सजाय

२०७५ बैशाख १२ गते, बुधबार

काठमाण्डौ, १२ वैशाख । हत्याका एक अभियुक्तलाई जिल्ला अदालत बाँकेले सर्वश्वसहित जन्मकैदको फैसला गरेको छ । तीन वर्षअघि नेपालगन्ज–८ का २९ वर्षीय चेतन मानन्धरको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै नेपालगन्जका ‘रिगल’ ढकाललाई अदालतले सर्वश्वसहित जन्मकैदको फैसला गरेको हो । जिल्ला न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले मंगलबार सो घटनामा दोषी ठहर भएका अन्य १३ जनामध्ये ४ जनालाई जन्मकैद र बाँकी ९ जनालाई तीन वर्षदेखि १० वर्षसम्मको सजाय तोकिएको छ भने एकजनालाई सफाइ दिएको छ । जन्मकैदको सजाय पाउनेमा प्रशान्त गौतम भनिने प्रेमध्वज खत्री, विशाल भन्ने छविलाल बस्नेत, नवराज खत्री र मोहनलाल खड्का रहेका छन् भने सोहनसिंह ढकाललाई १० वर्ष कैद सजाय तोकिएको जिल्ला अदालत बाँकेले जनाएको छ ।
यसैगरी, माधव नेपाली, विराज पाठक, हरि ओली, मनीष चौलागाइँ, प्रितम थापा, यमबहादुर बुढामगर र केशवबहादुर रोकायालाई तीन वर्ष तथा दीपेन्द्रसिंह भन्ने दीपेन्द्र मल्ललाई पाँच वर्षको कैद सजाय तोकिएको छ । दीपक केसीले भने सफाइ पाएको जिल्ला अदालत बाँकेका स्रेस्तेदार दण्डपानी लामिछानेले बताए । नेपालगन्जको सुर्खेतरोडस्थित धम्बोझीचौकमा नेपालगन्ज–८ का २९ वर्षीय चेतन मानन्धरमाथि २०७२ साल असार २८ गते खुँडा प्रहार गरी हत्या गरिएको थियो । सो घटनामा संलग्न सो क्षेत्रका चर्चित गुन्डानाइके ‘रिगल’ भनिने योग ढकालले दुई वर्षअघि नै अदालतमा आत्मसमर्पण गरेका थिए । घटनाको आइतबारदेखि बहस सुरु भएको हो । हत्याका मुख्य अभियुक्त रिगल ढकालसहित १५ जनाविरुद्ध जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता भएको थियो । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चार लाख राष्ट्रिय परिचयपत्र वितरण

२०८१ बैशाख १३ गते, बिहीबार

१३ जना जुवाडे पक्राउ

२०८१ बैशाख १३ गते, बिहीबार

डोल्पामा यार्सा सङ्कलन खुला हुँदै

२०८१ बैशाख १३ गते, बिहीबार