गुण्डा समूहको आक्रमणवाट डीएसपीसहित ८ प्रहरीको मृत्यु

२०७७ असार १९ गते, शुक्रबार

काठमाडौं , १९ असार । भारतको उत्तर प्रदेशको कानपुरमा डीएसपी सहित आठ प्रहरी मारिएका छन् । गुण्डा समूहको आक्रमणवाट मारिनेमा एक डिएसपी, तीन सब–इन्सपेक्टर र चार कन्स्टेबल रहेका छन् । घटनामा गुण्डा समूहका तीन जनाको मृत्यु भएको छ । आक्रमणमा कयौं प्रहरी घाइते भएका छन् । घाइते प्रहरीको नजिकको रिजेन्सी अस्पतालमा उपचार भइरहेको छ । आक्रमणकारीहरुले प्रहरीको हतियार समेत लुटेका छन् । विकास दुबे नाम गरेका कुख्यात अपराधीलाई पक्राउ गर्न प्रहरी गएको समयमा आक्रमण भएको हो ।
दिकरू गाँउमा दुबे र उनको समूह रहेको सूचना पाएपछि पक्राउ गर्न प्रहरीलाई सो समूहले आक्रमण गरेको बताइएको छ । प्रहरी पुग्ने वितिक्कै सो समूहले घरको छतबाट गोली प्रहार गरेको थियो । घटनापछि सो क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उत्तर प्रदेशका कुख्यात गुण्डा नाइके विकासविरुद्ध साठी भन्दा धेरै मुद्दा प्रहरीमा विचाराधिन छन् । उनले सन २००१ मा प्रहरी चौकीमै प्रवेश गरेर भाजपा नेता तथा राज्यमन्त्री संतोष शुक्लाको हत्या गरेका थिए ।

प्रतिक्रियाहरु