गुण्डानाइके मनोज पुन मारिए

२०७४ फाल्गुन ९ गते, बुधबार

काठमाडौं, ९ फागुन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख श्याम ज्ञवालीका अनुसार गुण्डा नाईके मनोज पुन र उनका सहयोगी सोम आले प्रहरीसँगको मुठेभटमा मारिएका छन । आज बिहान रुपन्देहीको देवदहमा प्रहरीसँगको मुठेभटमा मनोज र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको बताइएको छ । बिहान करिब ४ बजे देवदह–४ भवानीपुरमा गोली लागेर ढलेका दुवैजनालाई लुम्बीनी अञ्चल अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख (एसपी) श्याम ज्ञवालीका अनुसार अस्पतालले दुवैलाई मृतक घोषणा गरिसकेको छ ।
‘केन्द्रिय अनुसन्धान ब्युरोकोको शिषेश सुचनाको आधारमा देवदह–४ भवानीपुरमा हामीले सर्च अपरेशन चलाएका थियौं’ रुपन्देहीका एसपी ज्ञवालीले भने, ‘मोटरसाईकलमा सवार दुई जनासँग मुठभेट भएको छ, अञ्चल अस्पतालले दुवैलाई मृतका घोषणा गरिसकेको छ ।’ एसपी ज्ञवालीले मृतकको सनाखत हुन बाँकी रहेको बताएका छन् । प्रहरीले मनोज पुनको साथबाट एउटा पेस्तोल बरादम गरेको छ । पछिल्लो समय रुपन्देहीकै बसन्त पौडेलको हत्यामा पनी मनोज पुनकै हात रहेको खुलेपछि मनोज केन्द्रीय अनुसन्धान ब्यूरोको सर्वाधिक खोजी सूचीमा थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार