गुणस्तरीयता सुधार्दै टेलिकम

२०७१ फाल्गुन १९ गते, मंगलवार

काठमाडौं, १९ फागुन । नेपाल टेलिकमले आफ्नो सेवाको गुणस्तरीयता सुधार गर्न लागिपरेको जनाएको छ ।टेलिकमले हालै सार्वजनिक गरेको मोबाइल एपबारे जानकारी दिन गरेको अन्तरक्रियाका अवसरमा प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले सेवाको गुणस्तरीयता बृद्धि नै कम्पनीको अहिलेको प्रमुख चासो रहेको उल्लेख गरेका हुन् । सेवा विस्तार र गुणस्तरीयता सुधारलाई संगसंगै लगिंदै गरिएको उनले दाबी गरे ।
सरकारी संस्थान भएकाले निश्चित विधि र प्रक्रिया पूरा गर्नुपर्ने हुनाले कतिपय सेवा विस्तारमा ढिलाई हुने उनले उल्लेख गरे ।कम्पनीले आफ्नो ११ औं बार्षिकोत्सबको अवसरमा गत माघ २२ गते नै दुई मोबाइल एप सार्वजनिक गरेको थियो ।कम्पनीले स्मार्टफोन प्रयोगकर्ताहरुका लागि नेपाल टेलिकम र एनटी प्रो नामका दुई नयाँ मोबाइल एप्लिकेसन ल्याएको थियो ।हालसम्म १० हजार बढीले एप डाउनलोड गरिसकेको कम्पनीले जनाएको छ । यी एप जानकारीमूलक रहेको र आगामी दिनमा थप परिमार्जन गर्दै लगिने उप प्रवन्धक डिल्लीराम अधिकारीले उल्लेख गरे ।
नेपालमा ९० लाख बढीले जिएसएम मोबाइल सेवा प्रयोग गर्छन् । गुगल प्ले स्टोरको डाउनलोडलाई आधार मान्दा करिब ३० लाख जस्तो नेपालीले स्मार्ट फोन प्रयोग गर्ने गरेको अनुमान गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार