गुडिरहेको बसमा गोली प्रहार , २३ जनाको हत्या

२०७४ जेष्ठ १२ गते, शुक्रबार

काठमाडौं, १२ जेठ । इजिप्टमा गुडिरहेको बसमा अज्ञात बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरी कम्तीमा २३ जनाको हत्या गरेको छ । मध्य इजिप्टको मिन्या राज्यमा क्रिश्चियन धर्मावलम्बीहरु चढेको बसमा बन्दुकधारीले गोली प्रहार गरेको जनाइएको छ । उक्त आक्रमणमा अरु २५ जना घाइते भएका छन् ।
क्रिश्चियन धर्मावलम्बीहरु नजिकैको चर्चमा जानेक्रममा रहेको पनि बताइएको छ । घटनाको जिम्मेवारी कसैले नलिएपनि ‘आइएस’ले उक्त आक्रमण गरेको हुनसक्ने आशंका गरिएको छ । गत अप्रिलमा पनि इजिप्टको तान्ता र अलेक्जेन्द्रियामा आइएसले आत्मघाती विस्फोट गराउँदा ४६ जनाको ज्यान गएको थियो ।-एजेन्सी

प्रतिक्रियाहरु