गुगलको स्वचालित गाडी सार्वजनिक सडकमा

२०७२ जेष्ठ ९ गते, शनिबार

काठमाडौँ । गुगल संस्थाको दुई यात्रु रहने तथा ‘ग्यास पेडल’ तथा ‘स्टेरिङ ह्विल’ नभएको स्वचालित गाडी यसै गृष्मदेखि सार्वजनिक बाटोमा देखिने भएको छ ।
गुगलले आउँदो पाँच वर्षमा उपभोक्ताका लागि चालकविहीन गाडी बजारमा ल्याउने भनी राखेको लक्ष्यमा यो ठूलो प्राविधिक पाइला भएको ठानिएको छ ।
यो गाडी स्वचालनका लागि पहिलो प्रयास भएको गुगलले जानकारी दिएको छ । हालँयसका ‘सेन्सर’ लाई पनि लुकाइएको छ र यो मानिसको सहयोग नलिइकनै आफै सञ्चालन हुनसक्छ, रोकिन सकिन्छ र यसले सडकका कठिनाइको बारेमा जानकारी प्राप्त गर्नसक्छ । गत मे महिनामा गुगलले प्रयोग गरेको गाडीमा भन्दा यसमा धेरै सुविधा रहेको बताइएको छ । यसलाई लामो दूरीका लागि तयार गरिएको भने छैन । यसमा ‘एयर ब्याग’ तथा सुरक्षाका लागि सङ्घीय सरकारले उल्लेख गरेका सुविधा हालसम्म राखिएको छैन । हाल यसलाई प्रति घण्टा २५ माइलभन्दा बढी गतिमा चलाउन अनुमति दिइएको छैन ।
यो विद्युतीय गाडी हो र यसलाई ८० माइलपछि पुनः चार्ज गर्नुपर्छ । यसलाई गुगलले हालसम्म विस्तृत नक्सा तयार गरेको क्षेत्रमा मात्र सञ्चालन गर्न सकिन्छ । क्यालिफोर्नियाको कानुन अनुसार यसमा ‘स्टिरिङ ह्विल’ तथा ‘ग्यास पेडल’ र चालकले चाहेमा त्यसमा नियन्त्रण कायम गर्न सक्ने व्यवस्था गर्नु आवश्यक छ । गुगलले यी कुरामा छुट पाउन आग्रह गरेको छ । गुगलले आरम्भमा यस्ता २५ गाडी तयार गरी माउन्टेन भ्युस्थित आफ्नो मुख्यालयको वरपर यसलाई सञ्चालन गर्न चाहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु