गुंला पर्व सुरु

२०७१ श्रावण १२ गते, सोमबार


काठमाडौ । बौद्ध धर्मालम्बीहरूले संगीतिक पाठ पुजा गरि चैत्य दर्शन गर्न जाने पुजा जात्रा (गुंला पर्व) आइतवार सुरु भएको छ । एक महिना चल्ने पर्वमा बिहान, दिउँसो र बेलुका प्रत्येक बिहारमा बुद्ध भगवानको संगीतिक पाठ गर्ने परम्परा छ । ‘गुंला’ महिना भर उपत्यकाका मठमन्दिरहरुमा धाः घिमेः नगरा, नाय्खिं, दमखिं, दबदब, भृदङ्गा, पौ पिचा र क्वचा(खिं) जस्ता बाजा बजाई पूजा पाठ गर्ने चलन छ । ‘गुंला’ महिनाको पूर्णिमा लाखय् नाच देखाउने परम्परा छ । विशेषगरी नेवार समुदायले मनाउने गुंला पर्वमा बिहान स्वयम्भु भगवानको दर्शन गर्न जाने परम्परा रहिआएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार