‘गिरफ्तार र धरपकड गर्नेलाई कारबाही गर्छौ ‘

२०७४ आश्विन १ गते, आईतवार

काठमाण्डौ , १ असोज । नेपाल कम्युनिष्ट पार्टीका पोलिट्ब्युरो सदस्य ओम प्रकाश पुनले राज्यले प्रतिकृयावादी षडयन्त्र तत्काल बन्द गर्नुपर्ने अन्यथा आफ्नो पार्टीले प्रतिरोधतात्मक संघर्षमा उत्रिन बाध्य हुने बताएका छन । उनले असोज २ गतेदेखि कास्की जिल्लामा सरकारी सवारी साधनहरु सञ्चालनमा रोक लगाउने समेत बताएका छन । आज पोखरामा पार्टीको तर्फवाट वोल्दै नेता पुनले पार्टीका कार्यकर्ता तथा समर्थक र सर्वसाधारणको गिरफ्तारी धरपकड, अनावश्यक निगरानी, घर खान तलासी, र झुट्टा मुद्धामा फसाउने राज्यिको प्रतिकृयावादी षडयन्त्र भएकाले तत्काल बन्द गर्नुपर्ने अन्यथा पार्टि प्रतिरोधतात्मक संघर्षमा उत्रिन बाध्य हुने बताए । उनले आफ्ना कार्यकर्ताहरुलाइ विनाशर्त रिहाइ नगरे यहि असोज ४ गते देखि प्रदेश नं ४ मा सरकारी सवारी साधनमा रोक लगाउने चेतावनी दिए । उनले आफ्नो पार्टीले पोखराको सस्तो बजारमा वम नराखेको स्पस्ट पार्दापार्दै राज्यले गरेको गिरफ्तारीको प्रतिरोधमा उत्रिने भन्दै गिरफ्तार गर्नेहरुको लागत राखिएको र वारेन्ट जारी गरी कारवाही गर्ने ठोकुवा गरे । गत भाद्र २६ गते सस्तो बजारमा अज्ञात समुहले राखेको वमलाइ नेपाल कम्युनिष्ट पार्टीसंग जोडेको र सोही आरोपमा नेकपाका जिल्ला सेक्रेटरी नन्दलाल तिवारी, सदस्य सोमनाथ अधिकारी, वालकृष्ण अधिकारी, गोवीन्द ओलि लेकेन्द्र राइ लगायतका नेता तथा कार्यकर्ताको गिरफ्तारीलाई लिएर सो पार्टीले विरोधका कार्यक्रम बारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेको हो ।’

प्रतिक्रियाहरु