गिरफ्तार नेता तत्काल रिहा नगरे देशव्यापी सङ्घर्ष गर्ने चेतावनी

२०७५ मंसिर २७ गते, बिहीबार

काठामाडौँ, २७ मंसिर । अखिल नेपाल भूमिहीन सुकुमबासी सङ्घका केन्द्रीय सदस्य तथा मेची ब्युरो संयोजक चमनलाल माझी प्रहरीले बिहीबार झापाको झापागउँपालिकाबाट गिरफ्तार गरेको छ । सङ्गठनको काममा क्रियाशीलरहेका सङ्गठनका नेतालाई बिनाकारण गिरफ्तार गरिएको भन्दै सङ्घका अध्यक्षसमेत रहेको नेकपाका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले तत्काल रिहा नगरिएकोमा देशव्यापी सङ्घर्ष गर्ने चेतावनीपूर्ण दिएका छन् । अध्यक्ष पुनले आफ्नो सङ्गठनका केन्द्रीय सदस्य तथा भेरी–कर्णाली संयोजक प्रकाश आचार्यलगायत चारजना नेता अहिले पनि बाँकेको जेलमा बन्दी जीवन बिताइरहेको स्मरण गराउँदैविज्ञप्तिमा लेखेका छन्, ‘कथित कम्युनिस्ट नाममात्रको दलाल सामाजिक फासिवादी सरकारले अहिले देशका विभिन्न ठाउँमा सुकुमबासीबस्तीहरू उजाड गर्दै गरेको विरोधमा हाम्रो सङ्गठनले सशक्त विरोध र सङ्घर्ष गर्दै आएको छ । त्यसबाट अत्तालिएर दलाल सरकारले हाम्रो सङ्गठनका धेरै नेता–कार्यकर्तालाई बिनाकारण झूट्टा मुद्दा लगाएर जेल र हिरासतमा राख्दै आएको छ ।’ विज्ञप्तिमाचमनलाल माझीको गिरफ्तारीले सङ्गठनलाई थप आक्रोशित पारेको र गिरफ्तार व्यक्तिहरूलाई बिनासर्त रिहानगरे हामी सङ्गठनको तर्फबाट देशव्यापी सङ्घर्षगर्न बाध्य हुने जनाइएको छ । यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयम् सरकार हुने पनि विज्ञप्तिमा उल्लेख छ ।
यस बिषयमा अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ केन्द्रीय समितिका अध्यक्ष अाेम प्रकाश पुनले जारी गरेको प्रेस बिज्ञप्तीको पूर्ण बिबरण यस्तो छ – ” हाम्रो गाैरबशाली संगठन अखिल नेपाल भूमिहीन सुकुम्बासी संघका केन्द्रीय सदस्य तथा मेचिका संयाेजक कमरेड चमनलाल माझिलाई केपी अाेलिकाे दलाल सरकारको भ्रष्ट सुरक्षा प्रशासनले यहि मंसिर २७ गते झापाको झापा गाउँ पालिकाबाट संगठनको काममा क्रियासिल भैरहेकाे बेला गिरफ्तार गरेकाे घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । कथित कम्युनिस्ट नाममात्रको दलाल समाजिक फाँसिवादी सरकारले अहिले देशका विभिन्न ठाउँमा सुकुम्बासी वस्तिहरु उजाड गर्दै गरेको बिराेधमा हाम्रो संगठन ले शसक्त बिराेध र संघर्ष गर्दै अाएकाे छ । त्यसबाट अत्तालिएर दलाल सरकारले हाम्रो संगठनका धेरै नेता कार्यकर्तालाई बिनाकारण झुट्ठा मुद्दा लगाएर जेल र हिरासतमा राख्दै अाएकाे छ । हाम्रो संगठनका केन्द्रीय सदस्य तथा भेरि कर्णाली संयाेजक प्रकाश अाचार्य लगाएत चार जना साथीहरू अहिले पनि बाँकेको जेलमा बन्दी जीवन बिताइरहेका छन् । पुनः झापामा केन्द्रीय सदस्य चमनलाल माझीको गिरफ्तारीले हामीलाई थप अाक्राेसित पारेको छ । यदि हाम्रा गिरफ्तार साथीहरूलाई बिनासर्त रिहाइ नगरे हामी संगठनकाे तर्फबाट देशब्यापी संघर्षको घाेषणा गर्न बाध्य हुनेछौं । जसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयं दलाल केपी अाेलिकाे सरकार हुने छ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु