गिरफ्तार नेता कार्यकर्तालाई तत्काल रिहाइँ गर : प्रकाण्ड

२०७२ श्रावण ८ गते, शुक्रबार

काठमाण्डौं, ८ साउन । नेकपा माओवादीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले आज बिहानदेखि शुरु भएको शान्तिपूर्ण बन्दको क्रममा पार्टीका नेताहरु पक्राउ गरेकोमा विरोध जनाएका छन । प्रवक्ता प्रकाण्डले राष्ट्रिय स्वाधीनता सहितका मुद्धामा शान्तिपूर्ण प्रदर्शन र विरोध गर्न पाउने हकलाई समेत कुण्ठित हुने गरी नेता कार्यकर्ता पक्राउ गर्नु सरकारको कायरता भएको दावी गरे । बन्दमा जनताले राम्रो साथ दिएको दावी गर्दै प्रकाण्डले देशभर पक्राउ परेका सबै नेता कार्यकर्तालाई अविलम्व रिहा गर्न माग गरे । पार्टीले सवारी साधनमा तोडफोड नगरेको प्रकाण्डको दाबि थियो ।
यसैबीच, नेकपा माओवादीका कैलाली सेक्रेटरी महेश बडुवाललाई धनगढी चौराहबाट प्रहरीले गिरफ्तार गरेको छ । विहानैबाट शान्तिपूर्ण रुपमा बन्द भएको कैलालीमा प्रहरीले महेशसहित १५ जनालाई गिरफ्तार गरेपछि बन्दकर्ता आक्रोसित भएका छन् । महेशसहित बन्दकर्ताहरु शान्तिपूर्ण नाराबासी गरिरहेका थिए । माओवादीका उपव्यूरो इन्चार्ज रामप्रसाद तिमिल्सिनाले दिएको जानकारी अनुसार उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय लिएको छ । तिमिल्सिनाले गिरफ्तार नेता कार्यकर्तालइँ तत्काल रिहाइँ गर्न मागसमेत गरका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु