गिरफ्तार अघि ढकालको संबोधनः क्रान्तिकारीमाथि हत्कडी लगाउने दुस्साहसको फैसला इतिहासले गर्नेछ (भिडियोसहित)

२०७६ बैशाख २८ गते, शनिबार

काठमाडौं, २७ बैशाख । नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवि ढकालले बिद्याथीहरुको हक अधिकारका लागि मर्न हिडेकाहरु जेलनेल देखि नडराउने चेतावनी दिए ।ढकाललाई गिरफ्तार गर्न प्रहरी टोली युनियन हाउसमा आयोजित ११ बिद्यार्थी संगठनद्धारा आयोजित पत्रकार सम्मेलनस्थलमा आएर हस्तक्षेप गरेपछि उनले लाखौँ बिद्याथीहरुको शैक्षीक एजेण्डामा केन्द्रित भएर जायज माग पुरा गराउनुको साटो बिद्यार्थीको आन्दोलनलाई नै कमजोर पारेर आफ्नो सत्ता टिकाउने मनसायका साथ धरपकटको माहोल बनाएको बताए ।सरकारको दमन र गिरफ्तारीबाट कोहि पनि बिचलित नहुन आग्रह गर्दै उनले भने, “सरकारको यस्तो हर्कतबाट कोहि आत्तिनु हुँदैन । नेपालको बिद्यार्थी आन्दोलनलाई सधैभरी नेपाल राष्ट्र र नेपाली जनताको पक्षमा उभ्याउनुपर्छ ।”अध्यक्ष ढकालले अगाडि भने, “हामी बिद्यार्थीका लागि मर्न तयार भएर हिडेका मान्छे, तपाईहरुले समातेर के गर्नुहुन्छ ? जति बर्ष थुन्न सक्नुहुन्छ थुन्नुहोस् । ”उनले गणतन्त्र ल्याउन बलिदान गर्ने क्रान्तिकाहरुमाथि हत्कडि, जेल नेल, गर्ने दुस्साहस यो सरकारले गर्छ भने त्यसको फैसला इतिहासले गर्ने चेतावनी दिए ।अध्यक्ष्ँ ढकालले भने, “अहिलेको केपी ओली सरकार जो हिजो ज्ञानेन्द्रको पाउँमा मोल राखेर झुक्दै थियो त्यतिबेला हामी माओवादीहरु हौं, जसले यो देशमा गणतन्त्र आउनुपर्छ भनेर युद्ध गरिरहेको थियो । अगाडि थपे, आज त्यहि गणतन्त्रको अपुताली खाएर गणतन्त्रका पक्षमा बलिदान गरेर आएका क्रान्तिकारीमाथि हत्कडि, जेल,नेल गर्ने दुस्साहस केपी ओली सरकारले गर्छन् भने त्यसको फैसला ईतिहासले गर्नेछ ।”उनको उक्त सम्बोधनपछि कार्यक्रमस्थलबाटै ढकाललाई प्रहरीले गिरफ्तार गरेको थियो ।
भिडियाेमा हेर्नुहाेस् ।पत्रकार सम्मेलन सकिएलगत्तै गिरफ्तार । कार्यक्रमस्थलबाटै गिरफ्तार

प्रतिक्रियाहरु