‘गाली गर्दा क्षमता बढ्छ !

२०७४ चैत्र २० गते, मंगलवार

काठमाडौं, २० चैत । कसैलार्ई गाली गर्दा वा कसैको गाली खाँदा कसलार्ई पो मज्जा लाग्ला र ? कसैलार्ई गाली गर्नु वा आफैले गाली खानु राम्रो कुरा होइन । यसले मानिसको भावनामा चोट पुग्दछ । तर, एउटा अध्ययनले भने गालीले मानिसको क्षमता बढाउने र कुनै समस्याको सामना गर्ने हिम्मतमा वृद्धि गर्ने तथ्य पत्ता लगाएको छ । यदि तपाइँले कसैलार्ई सार्वजनिकस्थानमा गालीगलौज गर्नुभयो भने तपाइँले मान्छेहरूले असभ्य तथा खराब मानिस भनेर सोँच्दछन् । तर, हामीले जान अन्जानमा दैनिक जिवनमा धेरै पटक कसैलार्ई गाली गरिरहेका हुन्छौँ र गाली खाइरहेका पनि हुनसक्छौँ ।
कसैलार्ई गाली गरिरहने मानिसको आदतलार्ई अरु मान्छेले राम्रो मान्दैनन् । तर शोधकर्ताहरूले भने गाली गर्नु मानिसको स्वास्थ्यका लागि लाभदायक रहेको बताएका छन् । उनीहरूका अनुसार कसैलार्ई गाली गर्नाले मानिसको हृदयलार्ई निकै सन्तोष प्राप्त हुन्छ । र आसन्न समस्याहरूलार्ई सजिलैसँग सामाना गर्न ऊ तयार हुन्छ । बेलायतमा सन् २००९ मा एक विश्वविद्यालयले सामाजिक शोध गरेको थियो । त्यसमा केही संख्यामा गालीबाज मानिसहरूलार्ई सामेल गराइएको थियो । केही दिनको अध्ययन तथा निगरानीबाट यो परिणाम आयो की गाली गर्नाले कुनैपनि मानिसलार्ई भविष्यमा आउने समस्या तथा कठिनाईहरू झेल्ने र त्यसविरुद्ध मानसिक रूपमा तयार हुने हिम्मत र शक्ति प्राप्त हुन्छ ।
जब मानिसले आफुलार्ई केही अप्ठेरो परेको वा कसैले धोका दिएको कुरा झ्वाट्ट सुन्छ र उसको मुखबाट तत्कालै गाली निस्किन्छ भने यसको अर्थ ऊ आफ्नो मनबाटै समस्यासँग लड्न तयार भेरहेको हुन्छ । शोधका क्रममा धेरै विद्यार्थीहरूलार्ई उनीहरूको निकै नै चिसो पानी राखिएको भाँडामा हात डुबाउन भनियो । चिसो पानीमा हात डुबाउने बित्तिकै धेरै विद्यार्थीहरूको मुखबाट तत्कालै गाली निस्कियो । तर अचम्म के भयो भने सुरुमा त्यसरी गाली गरेका विद्यार्थीहरू नै चिसो पानीमा धेरैबेर सम्म हात राख्न सफल भए गाली नगरेका विद्यार्थीहरूले भन्दा ।
चिसो पानीमा हात हाल्दा सुरुमा मुखबाट गाली ननिकालेका विद्यार्थीहरूले भने धेरै बेरसम्म त्यो ठण्डा पानीमा हात डुबाउन सकेनन् र हात बाहिर निकालिहाले । शोधकर्ताहरूका अनुसार यसरी मानिसले कसैलार्य गाली गर्दा वा जोडसँग चिच्याएर अपशव्द बोल्दा उसको सरीरमा एड्रिनलाईन नामक हर्मोन निस्किन्छ । यसले मानिसको पीडा सहने क्षमतामा वृद्धि गर्दछ । रोचक तथ्य त के भने पीडा सहने क्षमता वृद्धिको यो नियम पुरुषमा भन्दा महिलामा धेरै लागू हुन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु