गायिका वियोन्से संसारकै ‘सुन्दरी’ !

२०७३ चैत्र २४ गते, बिहीबार

काठमाडौ, २४ चैत । लस एन्जल्सबाट सञ्चालित बजनेट नामक सोसल मिडिया नेटवर्कले गरेको पोलमा हलिउड गायिका वियोन्से संसारकै ‘सुन्दरी’ मा दरिएकी छन् भने दोस्रोमा बलिउड नायिका प्रियंका चोपडा बनेकी छन् । अमेरिकी टिभी सिरिज ‘क्वान्टिको’ एक्ट्रेस प्रियंकाले मोडल टेलर हिललाई तेस्रो स्थानमा छोडेकी हुन् । फिल्म ‘बेवाच’ मार्फत् हलिउड डेब्यु गर्न लागेकी प्रियंका पछिल्ला समय हुने गरेका सौन्दर्यसम्बन्धी पोलमा अगाडि रहँदै आएकी छन् । त्यसो त उनी लगातार दुई वर्ष पिपुल्स च्वाइस अवार्ड पनि जित्न सफल बलिउड नायिका हुन् ।
सर्वाधिक सुन्दरीको सूचीमा एम्मा वाट्सन चौथो, डाकोटा जोहन्सन पाँचौं स्थानमा अटाएका छन् भने हिलारी क्लिन्टन छैटौंमा परेकी छन् । जबकी हलिउडकी चर्चित नायिका एन्जेलिना जोली आठौं सुन्दर महिलाका रुपमा मत पाएकी छन् । यस वर्षको ओस्कार अवार्ड विजयी नायिका एम्मा स्टोन भने १२ औं नम्बरमा परेकी छन् ।
प्रियंका फिल्म नायिका हुँदै यतिबेला आफूलाई गायिकाका रुपमा पनि चिनाउन तल्लीन छिन् । गीत नै गाउन अमेरिका छिरेकी थिइन् प्रियंका । फिल्ममा पनि भिन्न चरित्र निर्वाहका लागि प्रयोग गरिरहन रुचाउने ३३ वर्षीया प्रियंका वास्तविकतामा पनि विभिन्न भूमिकामा आफूलाई सिद्ध गर्न चाहन्छिन् ।
हालै उनले आफ्नो इन्स्टाग्राममा पेन्टिङ गर्दै गरेको फोटो सेयर गरेकी छन् । क्याप्सनमा उनी आफू पेन्टिङ सिक्दै गरेको पनि खुलाउनुले प्रियंकाको पेन्टिङ आर्टिस्ट हुने मोह पनि झल्कन्छ । – एजेन्सी

प्रतिक्रियाहरु