गायक दुर्गेश थापा पक्राउ

२०७६ कार्तिक ५ गते, मंगलवार

काठमाडौँ , ५ कार्तिक । महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । ‘ह्याप्पी तिहार’ बोलको गीत गाएर विवादमा आएका थापालाई टोलीले काठमाडौंस्थित गोगंबुबाट पक्राउ गरेको हो । उनलाई सामाजमा गलत सन्देश प्रवाह गर्ने गीत गाएका कारण पक्राउ गरिएको हो । यद्यपी, उनले गीतको गलत सन्देश प्रवाह गर्ने सबै पार्ट डिलिट गर्ने बताएका छन् । गायक थापाविरुद्ध तिहारको संस्कृतिमाथि प्रहार भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो।

प्रतिक्रियाहरु