गाउँमा विमान खस्दा , ३७ जनाको मृत्यु १५ घर ध्वस्त

२०७३ माघ ३ गते, सोमबार

काठमाडौं, ३ माघ । टर्कीस एअरलाइन्सको कार्गो विमान सोमबार कीर्गिस्तानमा दुर्घटना हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । हङकङबाट उडेको विमान दुर्घटना हुँदा जमिनमा रहेका मानिस धेरै परेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । टर्कीस एअरलाइन्सको ‘बोइङ ७४७’ विमान कीर्गिस्तानको मानस विमानस्थलनजिक दुर्घटनाग्रस्त भएको हो । कीर्गिस्तानको राजधानीबाट २५ किलोमिटरको दूरीमा विमान दुर्घटना हुँदा गाउँका कम्तीमा १५ ओटा घरसमेत ध्वस्त भएका जनाइएको छ ।
विमानमा कम्तीमा चारजना चालक सवार रहेको र एकजना चालकदलका सदस्य बाँच्न सफल भएको बताइएको छ । दुर्घटनाको समयमा भिजिबिलिटी कम भएपनि दुर्घटनाको कारण भने खुल्न सकेको छैन । विमान करिब १४ वर्ष पुरानो भएको विश्वास गरिएको छ । विमान दुर्घटनापछि मानस विमानस्थल तत्कालका लागि बन्द गरिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु