गाउँपालिका अध्यक्षमाथि गोली प्रहार

२०७६ भाद्र ३० गते, सोमबार

काठमाडौं , ३० भदौ । अछाम जिल्लाको रामारोशन गाउँपालिका अध्यक्ष झन्कर साउदलाई लक्षित गरेर गोली चलेको छ । हिजो
साँझ आफ्नै काेठामा रहेका अध्यक्षमाथि अपरिचत व्यक्तिले गोली चलाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । यद्यपि ती व्यक्तिले चलाएको गोलीले लाग्नबाट अध्यक्ष साउद बचेका छन् । अछामका प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीका अनुासार अध्यक्षमाथि गोली प्रहार गर्न ताक्दै गरेकाे अवस्थामा प्रहरीले ती व्यक्तिलाई प्रतिकार गरेकाले उनी गाेली लाग्नबाट बचेका हुन् । प्रहरीको अवरोधले गोली निसानामा परिणत नभइ भुईमा खसेकाे थियाे । अध्यक्ष साउदको कोठा गाउँपालिकाको ३ नम्बर वडामा रहेको छ । उक्त व्यक्तिले घरको माथिल्ला तल्लामा चढेर गाेली हानेका थिए ।
प्रहरीले ती व्यक्तिलाई नियन्त्रणको प्रयास गर्दा माथिल्लो तलाबाटै हामफालेर भागेका पछि प्रहरीले उनलाइ पछ्याएको थियो । तर ती व्यक्ति कैलाशखोलामा हामफालेर गायव भएको अछाम प्रहरीले जनाएको छ । गाेली हान्ने ती व्यक्रतिकाे खाेजी तीव्र पारिएकाे डिएसपी शाहीले बताएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु