गाई-गोरुको तस्करी !

२०७४ पुष २६ गते, बुधबार

काठमाडौं, २६ पुस । सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडी, कमलाखोच तथा मरिण क्षेत्रका विभिन्न स्थानबाट गाईगोरुकोे अवैध तस्करी र व्यापार हुने गरेको छ । तस्करहरुले सिन्धुलीसहित रामेछाप, दोलखा, ओखलढुंगा, खोटाङलगायतका जिल्लाका ग्रामीण वस्तीबाट ल्याईएका बुढा गाई, गोरु सिन्धुलीलाई ट्रान्जिट प्वाईन्ट बनाएर भारतीय बजारमा पु-याउँदै आएका छन् । वार्षिक रुपमा ८७ हजार भन्दा बढीको संख्यामा गाई तथा गोरु तस्करी हुँदै आएकोे छ । एउटा बुढो गाईको २ हजारदेखि ५ हजार रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ । रातिको समयमा सिन्धुली हुँदै तराईतर्फ गाईगोरु तस्करी हुने गरेको स्थानीय बताउँछन् । यस्ता गाईगोरु भारतमा पुर्‍याउने गरिएको छ ।
नेपालमा बुढा भएका गाइगोरु बिक्री गर्न पाइँदैन । तर तस्करहरुले प्रशासनको आँखा छलेर यस्ता गाईगोरु संकलन गरी मासुका लागि भारतीय बजारमा पुर्‍याउने गरेको बताइएको छ । स्थानीयबासीले भने तस्करी नियन्त्रण गर्न प्रशासनले चासो नदेखाएको आरोप लगाएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु