गाईको काजक्रिया !

२०७५ असार ४ गते, सोमबार

काठमाडौँ, ४ असार । इलाम नगरपालिका–३ सुम्बेकका मात्रिका खतिवडाले गाईको मृत्युपछि मान्छेको जस्तै काजक्रिया गरेका छन । बाँधेकै ठाउँमा दाम्लोसँगै गाईको मृत्यु भयो भने गाई हत्या लाग्ने भएकाले काजक्रिया गरिएको उनले वताएका छन् । आफुले पालेको, दुध खाएको गाईको मृत्युपछि एक छाक छोडेरे दसदिनसम्म नै काजक्रिया गरिएको खतिवडाले वताए । जस्ले गाई बाँधेको छ उसैलाई दोष लाग्ने भएकाले बैद्धिक सनातन धर्म अनुसार नै काजक्रिया गर्नु परेको पण्डित बालकृष्ण पोख्रेलले बताए । सात दिनदेखी कोहोरो बारेरै बसेका खतिवडाले १० दिनका दिन पण्डितद्धारा पुजाआजा सहित गाईको दान गरेर चोखिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु