गाँउ सभाको माइन्युट च्यातियो

२०७६ जेष्ठ २ गते, बिहीबार

काठमाडौं, २ जेठ । पाँचथरको फाल्गुनन्द गाँउपालिकाको गाँउ सभाको माइन्युट राती बैठक कक्षको ढोका फोडेर माइन्युट च्यातिएको छ । बैठक कक्षमा नै राखिएको माइन्युट च्यातिएको पाइएको प्रमुख प्रशासकिय अधिकृत अनिल त्रिखत्रीले जानकारी दिए । घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । माइन्युटमा चौथो गाँउसभाले सेवाकेन्द्र घुर्विसे पञ्चमी बजारबाट सार्ने निर्णय गरिएको थियो । निर्णय भएपछि बजारबासी आन्दोलित भएका थिए । मंगलवार आन्दोलन भएपछि तत्काल निर्णय कार्यान्वय नगर्नेसहितका पाँच बुदे सहमति भएपछि आन्दोलन फिर्ता भएको थियो । सोही राती कार्यालयको ढोका फोरेर माइन्युट च्यातिएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार